• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

      २ घण्टा अघि

      दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

      १ दिन अघि

      उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

      १ दिन अघि

      inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

      १ दिन अघि

      संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

      १ दिन अघि

      ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

      १ दिन अघि

      ‘योगदान राष्ट्रका लागि अभियान’ को ५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट सेवा र योगदानकर्ताहरूलाई डा. घिमिरे बाट सम्मानित

      १ दिन अघि

      लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

      २ दिन अघि

      पूर्व क्षेत्रीय समितिको नयाँ कार्यसमिति निलकण्ठ ढकालको नेतृत्वमा चयन

      २ दिन अघि

      सर्वोत्तम सिमेन्टको नाफामा ४०८% उछाल, खुद नाफा ३२ करोड पुग्यो

      २ दिन अघि

      सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

      २ दिन अघि

      हिमाको ८० प्रतिशत घरमा धारा जडान

      २ दिन अघि

      प्रभु इन्स्योरेन्सको नाफा १२.७२% बढ्यो, वित्तीय प्रगति उत्साहजनक

      २ दिन अघि

      फक्ताङ्लुङमा स्याउ खेती सफल, स्थानीय उत्साहित

      २ दिन अघि

      गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

      २ दिन अघि
    आज: २०८२ मंसिर ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

  • लाईभ नेपाल
  • २०८१ पौष २८, आईतबार (१0 महिना अघि)
  • ४८९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • नेपाल । भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागि थिए ।
    मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताउनु भयो
    सो अवसरमा उहाँले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजिकरण गर्ने , भैरहवा र पोखरा विमानस्थलसंग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती आवश्यक भएको बताउनु भयो ।
    यस्तै उहाँले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गर्नु भएको थियो ।
    नेपाल भारत वाणिज्य सचिवस्तरिय वैठककै अंगकै रुपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरुमा छलफल गर्नु भएको थियो ।
    यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरुमा छलफल गरि सजिकरण गर्ने सहमति भएको छ ।
    सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
    दोस्रो बैठकमा भएका सहमितीका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गर्नु भएको हो ।
    मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतीलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताउनु भयो । उहाँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरि काम गर्नु पर्ने धारणा समेत राख्नु भयो ।
    उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनु भयो ।
    भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेण्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताउनु भयो ।
    नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो वैठक महत्वपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयहरुमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो ।
    सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनु पर्ने बताउनु भयो ।
    यस्तै भारतीय पक्षबाट एन.सुनिल कुमारले नेपाल भारत बीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताउनु भयो ।
    मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमती भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

    ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

    समाचार

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑