• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      ६ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      ७ घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      ७ घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १५ घण्टा अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १६ घण्टा अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १६ घण्टा अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      १ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      १ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      १ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      १ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      १ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      १ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      १ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      १ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    हिमालयन बैंक लिमिटेडकाे ३२ औं साधारणसभा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष २९, सोमबार (१ साल अघि)
  • ११६५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, २९ पुस । हिमालयन बैंक लिमिटेडकाे ३२ औं साधारणसभा सम्पन्न भएकाे छ । साेमबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगदप्रवाह विवरण छलफल गरी स्वीकृत गरेकाे छ ।

    यस्तै सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा १७ बमोजिम श्रीमती जेसमीन हाडा बज्राचार्यलाई बैंकको संचालक समितिको ४६२ औं बैठकले मिति २०६१।०८।२७ गते देखि लागु हुने गरी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय पारित गरेकाे छ ।

    यस्तै गतवर्ष मिति २०८० पौष २९ गते सम्पन्न भएको बैंकको ३१ औं वार्षिक साधारणसभाले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ९ मा व्यवस्था भए बमोजिम बैंकको कुल शेयर पूँजीमा आवश्यक सर्वसाधारण शेयर धनी शेयर अनुपात कायम गर्नका लागि साधारण शेयर थप सार्वजनिक निष्काशन गर्न, थप सार्वजनिक निष्काशन हुने साधारण शेयरको संख्या निर्धारण गर्न र सोको अङ्कित मूल्यमा प्रिमियम समेत थप गरी जारी हुने शेयरको प्रिमियम सहितको मुल्य निर्धारण गर्न संचालक समितिलाई अख्तियारी दिने सर्वसम्मत निर्णय भएकोमा मिति २०८१ आश्विन २० गते बसेको संचालक समितिको बैठक नं ४५९ बाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न शेयर प्रिमियम सहित जम्मा ९२,५०,४६९ कित्ता शेयर थप सार्वजनिक निष्कासन गर्ने निर्णय भई सम्बन्धित नियामक निकाय नेपाल राष्ट्र बैंकमा मिति २०८१ साल आश्विन १५ गते निवेदन पेश भई आवश्यक अनुमति प्राप्तिको प्रक्रियमा रहेको तथा सो प्राप्त हुनासाथ धितोपत्र बोर्ड लगायतका अन्य नियामक निकायका स्वीकृति पश्चात उपरोक्त थप सार्वजनिक निष्कासन हुने तथा सो पश्चात बैंकको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम जारी तथा चुक्तापूँजी कायम गर्न र थप सार्वजनिक निष्काशन भए पश्चात् बैंकको साधारण शेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थागत शेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

    संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याईसकेको जानकारी गराए । तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको बताए ।

    यस्तै अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको जानकारी दिएका छन् । अडर कम्प्रिहेनशिप इन्कमसहित बैंकको खुद आम्दानी १ अर्ब २ करोड ३९ लाख १ हजार रुपैयाँ रहेको र जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको उनले जानकारी दिए।

    अध्यक्ष श्रेष्ठले बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष त्यसलाई निरन्तरता दिन नसकेकोमा दुख व्यक्त गरे । कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरि आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिनेमा उनले जाेड दिए ।

    बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १।७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको छ।समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ।अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास बैंकको छ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑