• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २२, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

      १४ घण्टा अघि

      नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

      १४ घण्टा अघि

      कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

      १४ घण्टा अघि

      कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

      १४ घण्टा अघि

      दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

      १५ घण्टा अघि

      पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

      १५ घण्टा अघि

      कांग्रेस बूढापाकाको पार्टीबाट अब युवाले भरिएको पार्टी बनेकाे छ – नेता आङ्देम्बे

      १ दिन अघि

      इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

      ३ दिन अघि

      मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

      ३ दिन अघि

      नेपाल-भारतबीच समन्वय आवश्यक : प्रा मोहपात्रा

      ३ दिन अघि

      उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौँः मन्त्री साह

      ३ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

      ३ दिन अघि

      साहित्यकार आर.बी. निश्चलको सातौं काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

      ३ दिन अघि

      विद्यार्थीलाई शिक्षासँगै व्यावहारिक सीप: जनजागृति माविमा पाँचदिने फोटोग्राफी तालिम सुरु

      ४ दिन अघि

      होर्मुज जलडमरूमध्यमा ७ तेल ट्यांकरलाई निशाना बनाएको इरानकाे दाबी

      ४ दिन अघि
    आज: २०८३ आश्विन २२, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    ह्वाइटहाउस फेस्टिभल फेस्टिभल २०८१’ आयोजना

  • लाईभ नेपाल
  • २०८१ माघ २३, बुधबार (१ साल अघि)
  • ९५१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल माघ २३, २४ र २५ गते कलेज परिसर तीनकुनेमा हुनेछ।

    माध्यमिक तहका विद्यार्थीलाई पढाइका अतिरिक्त साहित्य, सङ्गीत, कला, खेलकुद, राजनीति लगायतका यावत् क्षेत्रमा सहभागी बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक शैलेन्द्र अधिकारीले बताए ।

    महोत्सवको पहिलो दिन कानुनका विद्यार्थीहरूको मुट कोर्ट, विज्ञान तथा आइटि प्रदर्शनी लगायतका कार्यक्रमहरू राखिएका छन्। मुट कोर्टमा त्रिवि कानुन संकायका सहायक डिन प्रा.डा. ज्ञानेश्वर पराजुली तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायाधीशको रुपमा रहनेछन्।

    कलेजकै पूर्व विद्यार्थी समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा उद्घाटन हुने पहिलो दिनको कार्यक्रममा विज्ञान प्रदर्शनीहरू प्रदर्शन हुने छन् भने विज्ञानः जिज्ञाशाको जवाफ विषयको सत्रमा त्रिवि विज्ञान संकायका पूर्व डिन डा. विनिल अर्याल तथा आइटि विज्ञ डा. गजेन्द्र शर्मा र इन्जिनियर्स एशोसियशनका अध्यक्ष सुबास चन्द्र बरालले विद्यार्थीहरूसँग संवाद गर्नेछन्।

    पहिलो दिनको अर्को सत्रमा ‘उद्यमः कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा कलेजकै पूर्व विद्यार्थी तथा खल्ती एपका निर्नेशक अमित अग्रवाल र सिए तथा कन्टेन्ट क्रिएटर अनुपमा संग्रौलाले उद्यमि निरज भट्टको सहजिकरणमा विद्यार्थीहरूसंग संवाद गर्नेछन्।

    पहिलो दिनको अन्तिम सत्रमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको संवाद हुनेछ भने विद्यार्थीहरूका विभिन्न प्रतिभा प्रदर्शन हुनेछ। कार्यक्रमस्थलमा विद्यार्थीहरूका प्रदर्शनी राखिएका ४५ वटा स्टल रहनेछन्।

    दोस्रो दिन माघ २४ गते लिटरेचर फेस्टिबलको औपचारिक उद्घाटन डा. भगवान कोइराला लगायतका व्यक्तिहरूको विशेष आतिथ्यमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा राउटे समुदायका ४ जना प्रतिनिधिहरूसँग पत्रकार दीपक सापकोटाको संवादबाट फेस्टभल सुरु हुनेछ।

    तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा साहित्य, संस्कृति, राजनीति, प्रविधि, कला र समाजका विविध पक्षमाथि गहन छलफल हुनेछ।

    नेपाली साहित्य, संस्कृति, राजानीति तथा विचारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त लेखक, पत्रकार, कलाकार, राजनीतिक विश्लेषक, प्राज्ञिक व्यक्तित्व तथा विविध क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो दिन विज्ञान, प्रविधि, हास्यव्यंग्य र शिक्षाका विषयमा बहस तथा प्रस्तुति रहनेछ।

    दोस्रो दिन ‘राजनीतिः विकास कि आकर्षण?’, ‘साहित्य, संगीत र अभिनय’ लगायतका विषयमा ख्यातिप्राप्त वक्ताहरूले विचार व्यक्त गर्नेछन्। यस्तै, ‘धमलाको हमला’ शीर्षकमा चर्चित पत्रकार ऋषि धमलाको विशेष सत्र पनि रहनेछ।

    अन्तिम दिन न्याय, प्रविधि, खेलकुद, विकास, उद्यमशीलता, कविता वाचन र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रम समेटिएको छ। अर्थविद् एवं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नेपालको विकासका बारेमा विद्वत् प्रवचन दिनेछन्।

    ‘न्याय र समाज’ विषयमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले विद्वत् प्रवचन राख्नेछिन् भने ‘एआई र भविष्य’ विषयक सत्रमा प्रविधि विज्ञहरूको अन्तरक्रिया हुनेछ। महोत्सवको समापनअघि कविता कन्सर्ट तथा लाइभ ब्याण्ड म्युजिकको विशेष प्रस्तुति हुनेछ।

    यस महोत्सवले नेपाली साहित्य, विचार, प्रविधि, संस्कृति र समसामयिक विषयहरूलाई बहसको केन्द्रमा ल्याउँदै समाजमा ज्ञान र सृजनशीलताको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। सबै साहित्यप्रेमी, विद्यार्थी, तथा विचारशील व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन कलेजले निमन्त्रणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

    कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

    दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

    पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

    समाचार

    सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

    कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑