• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भदौका लागि ५ बैंकले घटाए ब्याजदर

      ५ घण्टा अघि

      विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

      ७ घण्टा अघि

      यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

      ७ घण्टा अघि

      नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

      ७ घण्टा अघि

      प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

      ७ घण्टा अघि

      क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

      ७ घण्टा अघि

      माछापुच्छ्रे बैंकको नाफा २ अर्ब, वितरणयोग्य मुनाफा कति ?

      ७ घण्टा अघि

      वंशजकै नागरिकताको निरन्तरतामा राजनीतिक प्रतिबद्धता, एनआरएनएको मागप्रति दलहरू सकारात्मक

      ७ घण्टा अघि

      तोलामा ३६ सयले बढ्यो सुनको मूल्य, आइतबार कति पुग्यो ?

      ७ घण्टा अघि

      बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

      ७ घण्टा अघि

      पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न

      ७ घण्टा अघि

      देउवाले भने – म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

      ७ घण्टा अघि

      ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

      ८ घण्टा अघि

      जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

      ८ घण्टा अघि

      बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा जोड

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    क्यान इन्फोटेक मेला स् सामग्रीमा मा छुटै छुट

  • लाईभ नेपाल
  • २०८१ माघ २६, शनिबार (१ साल अघि)
  • १६८०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ ।

    मेलाको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।

    मेलामा विभिन्न कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू प्रर्दशनमा राखेका छन् ।

    मुख्य आकर्षण

    मेलामै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

    क्यान इन्फोटेक मेलामा राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा रहेको छ । यसका लागि अविवाहितको हकमा सक्कल नागरिता र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र र नागरिता अनिवार्य गरिएको छ । यसपटकको मेलामा यो सुविधा राखिएको हुँदा अवलोकनकर्ताको आकर्षण परिचयपत्र बनाउने स्टलमा बढी देखिएको छ ।

    प्रदर्शनीमा स्टार्ट–अप, रोबोटिक्स, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर, ट्रेनिङ इन्स्युट्युटदेखि बुक स्टल, कफी स्टललगायत सेवा तथा उत्पादन राखिएका छन् । अवलोकनकर्ताले नयाँ तथा पूराना प्रविधिको अवलोकन गर्न सक्नुका साथै विभिन्न वस्तुहरु छुट मूल्यमा किन्न पनि सक्ने सुविधा रहेको छ ।

    छुट मूल्यमा सामान

    मेलामा विभिन्न कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्नका लागि आफ्ना कम्पनीका उत्पादन ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । विभिन्न कम्पनीले स्मार्टवाच, टिभी, ल्यापटप, प्रिन्टर, कम्प्युटरलगायतका सामानमा मेलाअविधभर ७० प्रतिशतसम्म छुट दिएको छ । मेलाअवधिभर पसलमै जाँदा पनि ३० देखि ७० प्रतिशत छुटमा ल्यापटप खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै किकले एयर बर्ड र स्मार्टवाच खरिद गर्दा ७० प्रतिशतसम्म छुट दिएको छ ।

    आकर्षक उपहार

    प्रदरशनीमा स्टल भिजिट अवलोकन गर्न आउनेका लागि कम्पनीले मनोरञ्जनात्मक खेल राखेका छन् । जसमा अवलोकनकर्ताले सहभागी भएर उपहार जित्न सक्नेछन् । स्टलअनुसार फरक–फरक उपहार जित्न सकिन्छ । जसमा कुनै स्टलमा सुनको सिक्का जित्न सकिने अवसर छ । कुनैमा रिचार्ज कार्ड, कुनैमा ब्लुटुथलगायत छन् ।

    त्यसबाहेक कुनै पनि सामान खरिदमा डिस्काउन्ट अफरसमेत पाउने व्यवस्था छ । त्यस्तै, एउटा किन्दा अर्को फ्रि अफर पनि उपलब्ध रहेको छ ।

    प्रर्दशनीमा राखिएकामध्ये केही स्टलहरू

    प्रर्दशनीमा डिजिटल एड्रेसिङ सिस्टम ‘कता हो’ को स्टल राखिएको छ । जुन नेपालको आफ्नै डिजिटल ठेगाना प्रणाली हो । देशभर जहाँसुकैको डिजिटल ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित सप्टवेयर तथा मोबाइल एप्लिकेशन हो ।

    नेपाली शब्दमार्फत सजिलै सम्झन र बोलेर सेयर गर्न सकिने देशभरको जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि ‘कता हो’ हो । यो एप निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

    प्रदर्शनीमा भोला फुड्सको पनि स्टल देख्न सकिन्छ । जसले विभिन्न स्कुल, अफिसलाई खाजा डेलिभरी गर्दै आएको छ । त्यस्तै, भोला फुड्अन्तर्गतकै कौशला तालिम घरले एक दिने बरिस्टा तालिम कोर्ष १५ सय रुपैयाँमा सञ्चालन गरिने अफर ल्याएको छ ।

    त्यसैगरी, प्रर्दशनीमा कोइली मर्चेन्ट क्युआरको स्टल अवलोकन गर्न सकिने छ । विभिन्न होटल रेष्टुरेन्टमा क्युआर कोडमार्फत बिल तिर्दा भ्वाइस नोटिफिकेसनको विशेषता यसमा रहेको छ । यो सेवा लिनका लागि नजिकैको खाता भएको बैंकमा गएर बुझ्न सक्नेछन् । त्यस्तै, प्रदर्शनीमा बुक स्टलसमेत रहेको छ । किताब पढ्ने अवलोकनकर्ताले डिस्काउन्ट अफरमा किताब किन्न सक्छन् ।
    प्रदर्शनीमा राइड सेयरिङ एप ‘टुटल’को पनि स्टल देख्न सकिन्छ । त्यस्तै, रोबटिक्स एशोसिएन नेपालले आफ्नो नवीनतम उत्पादन स्टल प्रदर्शनमा राखिएको छ । ग्रिन लाइफ एक्सपिरेन्सको स्टलमा छुटसहितको एयरबर्ड, वाचलगायतका उत्पादन अवलोकन गर्नुका साथै खरिद गर्न सकिने सुविधा छ ।

    त्यसबाहेक प्रर्दशनीमा नेपाल क्यान मुभको स्टल भिजिट गर्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरिअर सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीको बारेमा त्यहाँ गएर थप बुझ्न सकिन्छ ।

    ३०औं क्यान इन्फोटेकको प्रमुख प्रायोजनमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    समाचार

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑