• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      ३ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      ४ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      ४ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      ४ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      ४ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      ४ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      ४ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      २ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      २ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      २ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      २ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      २ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      ३ दिन अघि
    आज: २०८३ आश्विन ११, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपाल​को प​हिलो ह​रित​ विद्याल​य​ बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन

  • लाईभ नेपाल
  • २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
  • १९०६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि वन तथा वातावरण राज्यमन्त्री रुपा वि।क।ले नेपालको पहिलो हरित विद्यालयले गरिरहेका उदाहरणीय कार्यहरूलाई सरकारले अनुमोदन गरी देशभर यस्ता विद्यालयहरूको विकास गर्नुपर्ने बताउनु भयो।

    साथै, सरकारले हरित विद्यालय अवधारणालाई नीति स्तरमै अघि बढाइरहेको हुनाले विद्यालयसँग सहकार्य गर्दै आवश्यक नीतिगत पहल गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। कार्यक्रममा विशेष अतिथि तथा विद्यालयका संस्थापक संस्था बज्र फाउन्डेशन हल्याण्डका अध्यक्ष मार्टिन ओल्थोफले वातावरण क्षेत्रलाई समर्पित युवाहरुलाई हौसला प्रदान गर्न ‘बज्र इको अवार्ड’ सुरु गरिएको जानकारी गराए। यस वर्षको पुरस्कार हरिन नेपालकी संस्थापक तनुजा पाण्डेलाई प्रदान गरिने घोषणा गर्दै उहाँलाई नगद रु। ५१,००० राशिको बज्र इको अवार्ड संयुक्त रूपमा प्रमुख अतिथि राज्यमन्त्री रुपा वि।क। र विशेष अतिथि मार्टिन ओल्थोफले प्रदान गर्नुभयो। गुठीयार टीकाध्वज भण्डारीले पाण्डेले वातावरण संरक्षणको क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरूबारे प्रकाश पार्नुभयो।

    दोस्रो दिनको प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं। १३ का अध्यक्ष भाष्कर थापाले विद्यालय स्थापनादेखि नै प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहँदै आएको बताउँदै आफ्नो वडामा यस्तो नमूना विद्यालय स्थापना भएकोमा गर्व व्यक्त गर्नुभयो। साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले गौरव महसुस गर्नुपर्ने भन्दै विद्यालयको विकासमा जनप्रतिनिधि र वडाबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। नाटकमा रामचन्द्रको १४ वर्षे वनवासका क्रममा देखिने प्रकृति र मानव जीवनको सहअस्तित्व, वन्यजन्तु वानरसँगको सामीप्यता, गरूडले रामचन्द्र र लक्ष्मणलाई दिएको सूचना, अयोध्या र लङ्काबीच नदी तर्ने क्रममा नदीले बोलेको प्रसङ्ग, बगरमा रहेका ढुंगाहरूको सहयोगबाट नदी पार गरेको दृश्य, हनुमानले रामको सन्देश सीतालाई दिएको प्रसङ्ग लगायत धेरै घटनाहरू समेटिएका थिए। यी सबैले मानव जीवन र वातावरणबीचको अन्योन्याश्रय सम्बन्धलाई चित्रण गर्थे। तर, आजको युगमा विकासका नाममा मानिसले वातावरणसँगको सहअस्तित्वलाई भत्काइरहेको सन्देश नाटकले प्रवाह गर्‍यो।

    नाटकले दर्शकहरूलाई प्राकृतिक प्रकोपहरू न्यून गर्न र वातावरण संरक्षण गर्दै स्वस्थ जीवनयापन गर्न प्रेरित गर्‍यो। विद्यालयका प्रधानाध्यापक जगदीश ढकालले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो। विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले विद्यार्थीहरूले गर्ने यस्ता गहन अर्थ बोकेका कार्यक्रमहरूलाई पाठ्यक्रमसँग जोडेर गुणस्तरीय शिक्षाको प्रयोगशाला बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो। नाटक लेखन तथा निर्देशन प्रसिद्ध नाट्यकर्मी प्रभाकर न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय संगीता अधिकारी र सुनिता महर्जनले संयुक्त रूपमा गर्नुभएको थियो भने बज्र एकेडेमी शैक्षिक निजी गुठीका प्रमुख गुठीयार डोरबहादुर भण्डारीले उपस्थित विद्यार्थी, अभिभावक र अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। दुई दिनसम्म चलेको कार्यक्रममा करिब सात सय दर्शकहरूको सहभागिता रहेको थियो। ‘हरित रामायण’ नाटक पनि यही अभियानको निरन्तरता भएको विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले जानकारी गराउनुभयो। वि।सं। २०६३ मा स्थापना भएको नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीले स्थापनाकालदेखि नै वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा काम गर्दै आएको छ।

    गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासलाई मुख्य ध्येय बनाएर अघि बढिरहेको विद्यालयले हरेक वर्ष आफ्ना गतिविधिहरूबाट थप ख्याति कमाउँदै गएको छ। वातावरण नै मानव जीवनको आधार भएकाले कुनै पनि विकास प्रकृतिमैत्री हुनुपर्छ भन्ने सन्देश दिन विद्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

    समाचार

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑