• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ६ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ६ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      ६ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ६ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ६ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      ६ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      ६ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      ६ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      ७ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      ७ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      ७ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      २१ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      २१ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      २१ घण्टा अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      २२ घण्टा अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • लाईभ नेपाल
  • २०८१ फागुन ११, आईतबार (१ साल अघि)
  • १८०७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका छन् । बैठकको शून्य समयमा उनीहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा सुरुङमार्गको युगमा प्रवेश गरेको अवस्थामा सोसम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि इञ्जिनियरिङ पढ्न छात्रवृत्तिको व्यवस्था गर्न माग गरे ।

    सांसद अनिसा नेपालीले सल्यानटार र जाजरकोटका भूकम्प पीडितमध्ये ४० प्रतिशतले अहिलेसम्म राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद अमनलाल मोदीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले त्यसमा विशेष पहल गर्न नसकेको टिप्पणी गरे ।

    सांसद अर्जुननरसिंह केसीले मुलुक भ्रष्टाचारको सूचकाङ्कमा एक श्रेणी अघि बढेको भन्दै यसले वित्तीय व्यवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख कमजोर बनाउने बताए ।

    उनले विश्वसनीयता कायम गर्न अहिलेसम्म भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्नुपर्ने माग गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्न रु पाँच सय र रु एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे।

    सांसद अशोककुमार चौधरीले सिरहाको लहान नगरपालिकास्थित खुट्टी खोलाको पुराना नहर हटाउनेसम्बन्धी निर्णयले किसानलाई गम्भीर असर परेको उल्लेख गर्दै छ दशकदेखि हजारौँ कृषकले यो नहरबाट सिँचाइको प्रयोग गर्दै आएकामा अहिले ढलमा प्रयोग गर्नु गैरकानुनी भएको बताए ।

    सांसद अञ्जनी श्रेष्ठले जेहेन्दार छात्रवृत्तिमा पढेका चिकित्सकले सरकारले गरेको सहमति पालना गरी विदेश जान चाहेमा राजीनामा स्वीकृत नहुँदा समस्या परेका बताइन् । उनले अर्को व्यवस्था गर्न नसक्दा विद्यार्थी समस्यामा परेका भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद आश्माकुमारी चौधरीले घोराही–तुलसीपुर सडकखण्डमा चार लेनको बाटो नबन्दा जनताले धुलो र असुरक्षित यात्राका कारण सास्ती भोग्नु परेकाले निर्माणलाई तीव्र गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद असिम साहले संयुक्त अधिराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने अनुदानलाई ठगी भनेपछि प्रश्न उठेको तथा एमसिसीको अनुदान नै रोक्का गरेपछि यसको निरन्तरताका बारेका सरकारबाट हालसम्म केही प्रतिक्रिया नआएको भन्दै स्पष्ट धारणाको माग गरे ।

    सांसद उर्मिला माझीले माझी समुदायको ‘लदी’ पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिन माग गरिन्। सांसद ईश्वरबहादुर रिजालले राज्य शक्तिको स्रोत जनता भएको बताउँदै हुकुमी तन्त्रलाई जनताले नस्विकार्ने बताए ।

    सांसद उदयशम्शेर जबराले सरकारको सडक विस्तार कार्यक्रम अन्योलमा परेकाले स्पष्ट नीति बनाएर उपत्यकाका यात्रुलाई सहज यात्रा गर्ने व्यवस्था गराउन सरकारले ध्यान दिनुपर्ने माग गरे ।

    सांसद एकनाथ ढकालले दरबारमार्गको सडक पेटीमा ग्रेनाइट बिछ्याएर दृष्टिविहीन मैत्री नबनाएको भन्ने गुनासो आएको हुनाले महानगरको सडकपेटी निर्माण गर्दा मौलिक परम्परालाई ध्यान दिँदै अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिए ।

    सांसद कान्तिका सेजुवालले रोयल्टी बाँडफाँटको नयाँ प्रतिवेदन आएको र रोयल्टी बाँडफाँटमा निर्धारण प्रतिशत र विषयहरु अव्यवहारिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद कालुराम राईले मिर्गौला प्रत्यारोपण नियमन तथा निषेध ऐन, २०५५ कानुन संशोधन गरेर सर्वसाधारणले उपचार गर्न सक्ने बनाउनुपर्ने बताए ।

    सांसद किरणकुमार साहले विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाबारे सरकारले चासो लिनुपर्ने र भारतमा भएको एउटा घटना मात्रै होइन अमेरिका, अष्टेलिया, युरोपमा पनि विद्यार्थीले दुःख पाएको र आत्महत्या गरेको धेरै घटनाहरू भइरहेकाले विद्यार्थीको गुनासो सुन्ने निकाय बनाउनुपर्नेमा जोड दिए ।

    सांसद कुसुमदेवी थापाले महालेखा परीक्षकले जहिले पनि वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने गरेको भए पनि त्यसले देखाएको कमजोरीलाई सुधार गर्ने सम्बन्धमा पहल भएको नदेखिएकाले त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

    सांसद गणेश पराजुलीले सङ्घीय सरकारले स्थानीय तहको काममा अवरोध खडा गर्न नहुने र स्थानीय सरकारको कामकारबाहीलाई हस्तक्षेप गर्न नहुने बताए । सांसद चन्दा कार्की भण्डारीले स्वतन्त्र न्यायिक आयोग गठन गरेर ३५ वर्षदेखिका भ्रष्टाचारका घटनाको अध्ययन, अनुसन्धान र छानबिन गर्नुपर्ने माग गरिन् ।

    सांसद छिरिङ ल्हामुलामा (तामाङ)ले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार राख्ने खालका कानुन बनाए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

    सांसद जीवन परियारले कोभिड–१९ ले विश्वलाई आतङ्कित बनाएको बेलामा १७ लाख नागरिकले बिमा गरे पनि त्यसको भुक्तानी आजसम्म हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑