• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    सिद्धी गणेश विद्यालयमा लागु औषध दुर्व्यसनी विरुद्ध चेतनामुलक कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ फागुन २१, बुधबार (१ साल अघि)
  • १२६८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३२ मिनेट

  • काठमाण्डौँ । काठमाण्डौँ महामगरपालिका वडा नं १६ को सहकार्यमा आईसिटी पत्रकार विकासले एक दिने लागु औषध दुर्व्यसनी विरुद्ध चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिद्धी गणेश विद्यालय पकनाजोलमा मिति २०८१ फाल्गुन २१ गते बुधबार भएको हो । कामनपा वडा नं १६ का वडा अध्यक्ष रोजिना श्रेष्ठको प्रमुख अतिथिमा रहेको उक्त कार्यक्रममा १०० भन्दा बढी बिद्यार्थीहरुको सहभागी थिए । कार्यक्रममा विशेष अतिथिहरु पुर्व परराष्ट्र अधिकृत यादब कोईराला, सिद्धी गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुलाल गौतम र पुर्व प्रअ केशव भण्डारी उपस्थिती रहनुभएको थियो ।

    लागुऔषध तथा अवैध ओसार–पसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदायकै सामुहिक समस्याका रुपमा प्रकट हुदै आएको छ । विश्वका सवै जसो राष्ट्र यस समस्याबाट अछुतो रहन सकेका छैनन् । नेपालमा सन् १९६० को दशकको सुरुदेखि हिप्पी संस्कृतिको आगमनका साथै लागुऔषध दुर्व्यसनीको समस्या जटिल हुदै गएको देखिन्छ ।

    प्रमुख अतिथि वडा नं १६ का अध्यक्ष रोजिना श्रेष्ठकाले विद्यार्थीहरुलाई जानकारी गराउनु भयो । साथै नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या आजभन्दा १० वर्ष अगाडि नै पचास हजार नाघिसकेको अनुमान गरिएकोमा हालको अव्यवस्थित शहरीकरण, संगठित आपराधिक संजालको प्रभाव बृद्धि, तथाकथित आधुनिकीकरणको विस्तार आदिका कारणले हालका दिनमा यो संख्या निकै बढ्न गएको अनुमान गर्न सकिन्छ । काठमाडौं उपत्यका, पोखरा, धरान लगायतका शहरी क्षेत्र र खासगरी नेपाल भारत सिमावर्ती शहरहरुमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ । खासगरी जोखिम समूहका युवायुवतीमा लागुऔषधको दुरुपयोग तथा दुव्र्यसनको प्रवृत्ति बढिरहेको पाइन्छ तसर्थ यस्ता सचेतनामुलक कार्यक्रमहरुबाट सचेत रहन मदत पुग्ने समेत उहाँले उपस्थित सहभागी भाईबहिनीहरुलाई बताउनु भयो । विद्यालय स्तरबाट यस्तो कार्यक्रमहरुको सुरुवात गर्न सके घर परिवार जोगिने र सचेत रहन मदत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । त्यती मात्र होईन आगामी दिनमा अन्य विद्यालयमा पनि उक्त कार्यक्रम अगाडी बढाउन आयोजक संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता गर्नु भयो । चेतनमुलक उक्त कार्यक्रममा प्रशिक्षक ब्रविम बस्नेतले लागु पदार्थ वा औषधको बारेमा प्रशिक्षण दिएका थिए ।

    मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषधको हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
    कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।

    विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
    लागु औषध नियन्त्रण ऐन २०३३ को दफा घ मा लागु औषधलाई १. गाँजा, २. औषधोपयोगी गाँजा, ३. अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थको रुपमा बुझाउछ ।

    नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स ) तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।
    लागु ‍औषध कति प्रकारका हुन्छन् ?
    लागु ‍औषध प्रयोगका कारणहरू के के हुन ?
    लागु ‍औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् ?
    लागु औषधका असरहरू के के हुन्छन् ?
    नेपालमा हाल कति लागु ‍औषध प्रयोगकर्ता रहेका छन् ?
    लागु ‍औषधको प्रदेशगत अवस्था कस्तो रहेको छ (लागु ‍औषध प्रयोगकर्ता महिला पुरुषको संख्या कति छ ?)
    लागु ‍औषध प्रयोगकर्ताको उमेरगत अवस्था कस्तो रहेको छ ?
    लागु ‍औषध प्रयोगकर्ताले कुन कुन विधिबाट औषधि प्रयोग गरेको तथ्याङ्क छ ?                                                                      लागु ‍औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका श्रोतहरू के के हुन् ?

    प्रशिक्षकले माथि उल्लेखित विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराउनु भएको थियो । सिद्धी गणेश माध्यमीक विद्यालयका प्रधान अध्यापक मधुलाल गौत्तमले लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने, स्कुलदेखिको पाठ्यक्रममा नै लागुऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक छ। यसरी कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई उहाँले धन्यवाद दिनु भयो । त्यस्तै उपस्थीत विद्यार्थीहरुले यस किसिमका सचेतनामुलक कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा महिनामा एक दिनको कक्षा को रुपमा लागु औषध दुव्यर्शनी विरुद्ध चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई उनिहरुले सुझाव दिएका थिए ।

    कार्यक्रममा विद्यालयका पुर्व प्र अ केशव भणरीले हाल वढ्दै गएकोले आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिए । “छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्छ” उहाँ भन्नुहुन्छ । दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले हाल ३०० भन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले कुनै एक संस्थाले मात्र नभएर सम्बन्धीत निकायको पनि यस तर्फ ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

    राजनितिज्ञ,समाजसेवी तथा पुर्व परराष्ट्र अधिकृत यादव कोईरालाले हिजो आज युवा समुदायहरूमा लागु औषध जीवनसाथी जस्तै बनिरहेको छ। मुलुक विकासका सम्बाहक उर्जाशील युवाशक्ति कुलतमा फसेपछि उनिहरु आफ्नो लागि मात्र नभएर परिवार एवं समाजको समेत बोझ बनेका छन्। यस्ता दुर्व्यसनीको सङ्ख्या उदेकलाग्दो तरिकाले वृद्धि भइरहेको छ। हालै झापामा ८१ जना युवक लागु पदार्थ दुर्व्येसनको एउटै घटनामा समातिएको खबर हाम्रा सामु छदै छ। नेपालका प्रत्येक जिल्लामा यसरी उर्जाशील युवा जनशक्ति क्षय हुने हो भने यसको परिणाम निकै नै कहाली लाग्दो हुन्छ तसर्थ बेलैमा घर परिवार समाज र राष्ट्र यस प्रति सचेत हुन आवश्यक भएको बताउनु भयो ।

    लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ । सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका रुपमा मनाइँदै आएको छ । दिवसहरु मनाएर मात्र नहुने भन्दै समाजमा बढ्दै गएको लागुऔषधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजक सस्थाका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेले बताउनु भयो । सचेतनामुलक कार्यक्रमहरुले केही हदसम्म भए पनि सचेतना जगाउने र नराम्रा घटना हुनबाट जोगाउन यस्ता कार्यक्रमको आयोजना गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । देशका सबै क्षेत्रमा सचेतनामुलक कार्यक्रम आवश्यक पर्ने बताउदै सम्बन्धीत निकायलाई यस तर्फ समयमानै सचेत हुन आग्रह समेत गर्नु भयो । त्यति मात्र होईन आईसीटि पत्रकार विकास मन्च संस्थाले आगामी दुई वर्ष भित्र १०१ विद्यालयमा वा विभिन्न स्थानीय तहहरुमा यो तालिम प्रशिक्षण गराई धेरै भन्दा धेरै सहभागीहरुलाई सचेत बनाउने उदेश्य रहेको पनि उहाँले बताउनु भयो।

    कर्यक्रममा विद्यालय व्यवस्थापन समितीको सदस्य,विद्यालयका शिक्षक शिक्षीकाहरु,समाजसेवी,कलाकार, मोडेल,गायककार तथा व्यवसायी सुधिर राज श्रेष्ठ,समाजसेवी तथा व्यवसायि शुसिल राना पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबु) ले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑