
चैत ३, काठमाडौं । मेरी होम मन्टेश्वरी तथा तालिम केन्द्र ,चन्द्रागिरीले आज बिबिध कार्यक्रमहरुको आयोजना गर्दै १२ औँ अभिभावक दिवस सम्पन्न गर्यो ।
मेरी होम मन्टेश्वरी एबम तालिम केन्द्रकि अध्यक्ष तथा प्रधानाध्यापक सरिता देवकोटा खनालको अध्यक्षतामा सम्पन्न उक्त अभिभाबक दिवसमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुईटेलले मेरी होममा राम्रो काम गर्ने शिक्षक र कर्मचारीहरुलाई सम्मान गर्दै मेरी होम मन्टेश्वरीले बैज्ञानिक ढंगबाट युग सुहाउदो ब्यबहारिक शिक्षा प्रदान गरि यस क्षेत्रका बाबुनानीहरुलाई सक्षम बनाएकोमा धन्यवाद दिनुका साथै प्रीस्कुल र माध्यमिक स्कुल बिचको शैक्षिक पद्दतिमा तालमेल मिलाउन आफु लागि परेको बताउनु भयो।
स्कूलकी प्रधानाध्यापिका सरीता देबकोता खनालले आफुहरुले साना नानीबावुहरुको शारिरिक, मानसिक, संवेगात्मक, भावनात्मक जस्ता सर्वाङगीण बिकास संगै दिगो सिकाइकालागी व्यवहारीक तथा प्रयोगात्मक अभ्यासमा जोड दिदै आइरहेको बताउनु भयो साथै उहाँले आगामीदिनमा अझ नयाँ र प्रभावकारी शिक्षण सिकाइ मार्फत गुणस्तररीय र उत्कृष्ट शैक्षिक नतिजा ल्याउन प्रतिबद्द रहेको बताउनु भयो ।
शैक्षिक विकास कोषका अध्यक्ष मोहनहरी आचार्यले साना बालबालिकाहरुलाई काबिल बनाउनु अत्यन्त चुनौतीपूर्ण काम भएको र यस स्कुलले यस सबालमा अत्यन्त मिहेनत गरेको आभास स्कूलको बाताबरण र यहाँका बिध्यार्थीहरुको प्रस्तुति हेरेर प्रस्ट भएको बताउनु भयो। कुलेश्वर आवास मा.बि.का प्रधानाध्यापक मेघराज दुलालले यो बिद्यालय चन्द्रा गिरीकै उत्कृष्ट मन्टेस्वरी बिद्यालय आफुलाई लागेको बताउनु भयो ,भने अभिभाबकहरूले आफ्ना बाबुनानीले सिकेको सिपप्रति आफुहरु संतुष्ट रहेको बताउनु भयो ।
कार्यक्रममा बरिष्ठ संचारकर्मी तथा प्राध्यापक श्रीराम पुडासैनी , अपेन चन्द्रागिरीका अध्यक्ष तथा पल मन्टेश्वरी स्कुलकी प्रिन्सीपल रीतु शर्मा पौडेल , चन्द्रागिरी साहित्य सरोबरका अध्यक्ष गोपीचन्द्र कार्की , मुनाल क्लवका अध्यक्ष पुस्कर थापा,समाजसेवी उपेन्द्र लोचन सुवेदी, समाजसेवी माधव के.सी., महिला उधमी शान्तीदेवी घिमिरे ,समाजसेवी बिन्दु बहादुर क्षेत्री ,.मेरी होम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरका सल्लाहकार अमित आचार्य लगायतका अतिथिहरुको बिशेष उपस्थिथि रहेको थिया । सो कार्यक्रममा विद्यालयका १७५ भन्दा बढी बिध्यार्थीहरुले गीत, नृत्य, नाटक, प्रहसन, कराँतेखेल, स्पिच, म्युजिकल गरि २० भन्दा बढी प्रस्तुतीहरु गरेका थिए ।
अभिभाबक ,शिक्षक ,स्थानीयहरू , बिद्यार्थी र विद्यालयका कर्मचारीको उल्लेख्य उपस्थिति रहेको सो अवसरमा मेरी होम मन्टेश्वरी स्कुलको कोअडीनेटर शिला क्षेत्री दानीले उपस्थित पाहुनाहरुलाई स्बागत गर्नु भएको थियो भने मेरीहोम मन्टेश्वरी स्कुलको प्रबन्ध निर्देशक कौशिला आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । कक्षा ३ सम्म पढाई हुने सो मेरी होममा प्रधानाध्यापक सरिता खनालका अनुसार हाल करिब २०० जना बालबालिकाहरु अध्ययन गरिरहेका छन्।