• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ६ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ६ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ६ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ६ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      २१ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      २१ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      २१ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      २१ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      २२ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      २२ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      २२ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      २२ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      २२ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      २२ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      ३ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    गण्डकीमा नेविसंघ पहिलो संगठन, पृथ्वीनारायणमा जितेपछि अनेरास्ववियु दोस्रो बलियो

  • लाईभ नेपाल
  • २०८१ चैत्र १२, मंगलबार (१ साल अघि)
  • १३५१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै गर्दा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नेतृत्व हत्याउने रणनीति बुनेको थियो । धेरै समूहमा विभक्त नेविसंघले यसपालि सुरुमै मिलेर संगठन दर्ता गराएका थियो ।

    स्वतन्त्र समूहबाट पनि उम्मेदवारी दर्ता गराएका कारण पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको विरासत भत्किने आँकलन पनि गरिएको थियो । उता अनेरास्ववियु भने आफैँले जित्नेमा ढुक्क देखिन्थ्यो । २ पटकसम्म स्थगित भएर चैत १० मा भएको निर्वाचनमा उही अनेरास्ववियुले विजयको झन्डा गाड्यो ।

    निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा, तथा स्वतन्त्र उम्मेदवारहरूले अनेरास्ववियूको प्रभाव भत्काउने प्रयास गरेका थिए । तर, ती सबै चुनौतीहरू पार गर्दै विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले विजय हासिल गरेको छ ।

    अध्यक्ष पदमा विष्णु पोखरेलले १ हजार १ सय ५ मत प्राप्त गरी दोब्बरभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् ।

    उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले ५ सय ३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४ सय ६० मत ल्याइन् । माओवादीनिकट अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत पाए । समाजवादी मोर्चाका सन्तोष पौडेलले १ सय ६ मत ल्याए ।

    ९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको भनिएको पृना क्याम्पसमा ७ हजार ४ सय विद्यार्थीले परिचय पत्र लगेका थिए । तर २८ सय ९७ मत मात्र खसेको थियो । कूल मतदातामध्ये ३०.१२ प्रतिशत मात्रै मतदानमा सहभागी भएका थिए, जुन क्याम्पसको इतिहासमै सबैभन्दा कम हो ।

    पृथ्वीनारायण क्याम्पस विद्यार्थी नेता उत्पादन गर्ने संस्था हो । यहाँका पूर्वस्ववियु सभापतिहरू विभिन्न उच्च पदमा पुगिसकेका छन् । पूर्वप्रदेश प्रमुख सोमनाथ प्यासी, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, स्वर्गीय पूर्वमन्त्री रवीन्द्र अधिकारी, पोखराका मेयर धनराज आचार्य, राजनीतिक विश्लेषक झलक सुवेदी, पूर्व मन्त्री पदम गिरी लगायतले यही क्याम्पसबाट नेतृत्व गरेका थिए । उनीहरू सबै एमालेनिकट अनेरास्ववियुबाटै चुनाव जितेका थिए ।

    स्ववियु निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम अनुसार प्रदेशमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ बलियो देखिएको छ । ११ जिल्ला रहेको गण्डकीमा मनाङ र पर्वतबाहेक ९ जिल्लाका त्रिवि अन्तर्गतका क्याम्पसमा निर्वाचन भएको छ ।
    पछिल्लो तथ्यांक अनुसार नेविसंघ १४, अनेरास्ववियु ११, अनेरास्ववियु क्रान्तिकारी ३, छैटौँ र स्वतन्त्र १/१ क्याम्पसमा विजयी भएका छन् ।

    प्रदेश राजधानी कास्कीको पोखरामा पृथ्वीनारायण क्याम्पस (पृना) सँगै इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

    इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी बने । यहाँ अघिल्लो विरासत जोगाउन तल्लीन विद्यार्थी संगठनहरूलाई छक्याउँदै दिँदै स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश धामी विजयी भएका हुन् ।

    धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित गरे । सचिवमा क्रान्तिकारीका हरिकृष्ण खड्का विजयी बने । उनले अनेरास्ववियुका विनायक भुंवाजीलाई पछि पारे ।

    पोखराकै नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भयो । मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम चुनिए ।

    वन विज्ञान अध्ययन संस्थानमामा अनेरास्ववियुका अभिषेक शर्मा विजयी भए । उनले नेविसंघका उत्तम हुमागाईंलाई पराजित गरे । सचिवमा अखिल क्रान्तिकारीका गौरव खड्का विजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ विजयी भइन् । यहाँ दुई अखिलले गठबन्धन गरेका थिए । पोखराकै जनप्रिय बहुमुखी क्याम्पसमा अर्को मिति तय गरिएको छैन ।

    स्याङ्जामा स्ववियुको निर्वाचन भएका ६ क्याम्पसमध्ये ४ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियू विजयी भएका छन् । जिल्ला सदरमुकाम स्याङ्जामा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका निरज श्रेष्ठ अध्यक्ष चुनिए । सचिवमा अनेरास्ववियूकी बिना रेग्मीबाहेक सबै पदमा नेविसंघ विजयी भएको छ ।

    गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघका रविन भट्टराई सभापतिमा चयन भए । दुवै क्याम्पसमा सहमतिका आधारमा स्ववियु पदाधिकारी छानिएका हुन् ।

    फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियूकी प्रतीक्षा गोदारको प्यानल विजयी भएको छ । कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पसमा मुना न्यौपाने दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएकी छिन् । गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

    लमजुङका ४ क्याम्पसमा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सुन्दरबजार नगरपालिका ९ भोटेओडार स्थित भक्ति आदर्श बहुमुखी क्याम्पस, वडा नम्बर ७ सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पस र मध्यनेपाल नगरपालिका ३ सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो ।

    भक्ति आदर्श क्याम्पसमा नेविसंघका उम्मेदवार सुशील अधिकारी सभापतिमा निर्वाचित भए । मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघका विशाल थापाले जित हासिल गरे । लमजुङको सुन्दरबजार स्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) को स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ । यहाँ नेविसंघका असिम वस्ती विजयी भएका हुन् ।

    मंगला क्याम्पसमा नेविसंघका रामचन्द्र खनालको सभापतित्वमा प्यानलै सर्वसम्मत भएको थियो । लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको जित भएको छ । नेविसंघका पूर्णबहादुर गुरुङलाई हराउँदै अनेरास्ववियुका मदनकुमार विक निर्वाचित भएका हुन् ।

    तनहुँका २ क्याम्पसमा अनेरास्ववियु विजयी हुँदा नेविसंघ र अनेरास्ववियु (क्रन्तिकारी) ले एक÷एक वटा अध्यक्ष जितेका छन् । खैरैनीटारको भानुभक्त बहुमुखी क्याम्पस र भीमादको जनज्योति क्याम्पसमा अनेरास्ववियुले जित्दा दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ र आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीले जित हात पारे ।

    भानुभक्तमा अनेरास्ववियुको मीनबहादुर थापा र जनज्योतिमा अनेरास्ववियुकै विप्लप भण्डारीले जितेका हुन् । आदिकवि भानुभक्तमा नेविसंघका अनुप आले र आँबुखैरेनीमा अनेरास्ववियु क्रान्तिकारीका निशान मगर चुनिएका छन् ।

    बागलुङमा ४ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल छैटौँले एक/एक स्थानमा अध्यक्ष जितेका छन् । जिल्लाको शान्तिदीप बहुमुखी क्याम्पसमा नेविसंघकी विपना परियार निर्वाचित भइन् ।

    धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मीन शेख विजयी भइन् । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी भएकी हुन् । गलकोट हटियास्थित गलकोट बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका हुन् । साहनीले नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानलकी रेनुका परियारलाई पराजित गरेका हुन् ।

    बागलुङको बरेङ बजार स्थित सर्वोदय क्याम्पसमा छैटौँका मोहराज पौडेल नेतृत्वको प्यानल निर्विरोध निर्वाचित भएको हो । म्याग्दीको २ क्याम्पसमध्ये नेविसंघ र अनेरास्ववियुले एक/एकमा जितेका छन् । म्याग्दी सदरमुकामको म्याग्दी बहुमुखी क्याम्पसमा नेविसंघका संगम चोखाल विजयी बन्दा मंगल शिक्षा क्याम्पसमा अनेरास्ववियुका एल्डिन पुन अध्यक्ष बनेका हुन् ।

    गोरखाको गोरखा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका सुलभ अम्गाईं सभापतिमा विजयी बन्दा द्रव्य शाह क्याम्पसमा नेविसंघका अविन श्रेष्ठको नेतृत्वमा स्ववियु समिति निर्वाचित भएको हो । नवलपुरका २ क्याम्पसमा नेविसंघले सभापति जितेको छ ।

    सूर्यभक्त पतनादेवी मेमोरियल कलेजमा श्यामकुमार बाचे र कालिका संस्कृत विद्यापीठमा अनुप भण्डारी सभापतिमा निर्वाचित भए । मुस्ताङको तेजनिरला क्याम्पसमा अनेरास्ववियुकी अञ्जु परियार अध्यक्ष चुनिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    समाचार

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑