• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १७ घण्टा अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १७ घण्टा अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १७ घण्टा अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १७ घण्टा अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १७ घण्टा अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १७ घण्टा अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १७ घण्टा अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १८ घण्टा अघि

      वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

      १८ घण्टा अघि

      विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको प्रहारः सरोकारवाला

      १ दिन अघि

      नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

      १ दिन अघि

      कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

      १ दिन अघि

      तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

      १ दिन अघि

      ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

      १ दिन अघि

      भारतको चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ बैशाख १, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

  • २०८२ अषाढ ३१, मंगलबार (९ महिना अघि)
  • ६३२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं– धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।

    धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

    ‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

    ०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुन निर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो ।

    गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक बिदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।

    उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।

    भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।

    शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।

    धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् ।  विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।

    झापाको बिजनेस कम्प्लेक्स खुला हुने 

    झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।

    एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

    साउन १ बाट मन्त्रालयका काम पेपरलेस हुने

    शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा  एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।

    यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए ।

    मन्त्रालयका सचिव सिग्देलले आंशिक रूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

    ‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौँ,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागहरुबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

    अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतीय हाजिरीमा कडाइ

    शहरी विकास मन्त्रालयले अनधिकृत रूपमा प्रयोग भएका मन्त्रालयका गाडीहरू फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।

    पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रूपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ ।

    मन्त्रालयबाट सरुवा भई जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरूले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ ।

    त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतीय हाजिरीमा पनि कडाइ गर्ने भएको छ । अहिले विद्युतीय हाजिरिको व्यवस्था भए पनि विभिन्न बहाना बनाएर हाजिरी टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।

    प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै

    शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरूका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुने छ ।

    अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आउनुभएकोमा साउन १ गतेबाट अरु आयोजनाहरूको पनि अनुगमन हुने छ ।

    आयोजनाको कार्य प्रगति विवरण मन्त्रालयको कन्ट्रोल रूपबाट नियमित रूपमा अनुगमन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    बले चिप्लिँदा सुशीललाई चिठ्ठा

    पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

    समाचार

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑