• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

      १ दिन अघि

      रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

      २ दिन अघि

      ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

      २ दिन अघि

      एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

      २ दिन अघि

      मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

      २ दिन अघि

      आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव, २० प्रतिशतभन्दा बढी कर्जा प्रवाहको माग

      २ दिन अघि

      बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

      २ दिन अघि

      तातो हावाको लहर कायमै रहने सम्भावना

      २ दिन अघि

      फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

      २ दिन अघि

      Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

      २ दिन अघि

      तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

      ३ दिन अघि

      ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

      ३ दिन अघि

      कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

      ३ दिन अघि

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      ४ दिन अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      ४ दिन अघि
    आज: २०८३ अषाढ १३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  स्वास्थ्य

    ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध

  • लाईभ नेपाल
  • २०८२ कार्तिक १४, शुक्रबार (७ महिना अघि)
  • ८५५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुभएको छ । यसमा यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति हुनुहुन्छ । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो ।

    यस वर्ष १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उहाँहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिनुभयो । यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरियो । १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो ।

    वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो ।

    १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो । वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरियो । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरियो । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।

    यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइयो । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरियो । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरियो ।

    यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना रहेको छ । स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनाले सेवा प्रदान गरियो । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो । यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भयो ।

    शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरियो । यस्तै उहाँहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरियो । खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो ।

    २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइयो । ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए ।

    एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरियो । १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरियो । प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको थियो । उहाँहरुमध्ये ६७० जनाको मेमोग्राम गरियो । ३७० जनाको स्तन परीक्षण गरियो । ५ जनाको स्तनको वायोप्सी गरियो । उहाँहरुमध्ये १ जनामा क्यान्सर देखियो ।

    सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरियो । नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको बताउनुभयो । ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताउनुभयो ।

    यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको बताउनुभयो । ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताउनुभयो । यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपियाँ थियो ।

    यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ ।

    गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ । वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ् तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई स्वास्थ्य विभागले कार्यान्वयन गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस


    स्वास्थ्य सम्बन्धि थप

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    यस्तो छ आजका लागि कृषिउपजको मूल्य

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    समाचार

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

    ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

    एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑