• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ११, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      ११ घण्टा अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      ११ घण्टा अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      ११ घण्टा अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      ११ घण्टा अघि

      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

      १२ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

      १२ घण्टा अघि

      ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

      १२ घण्टा अघि

      निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

      १२ घण्टा अघि

      दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री – स्ट्यान्डिङ कुकिङ रेन्ज

      १२ घण्टा अघि

      झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

      १४ घण्टा अघि

      सहकारीका समस्याबाट सरकार पन्छिदैन’

      १४ घण्टा अघि

      इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

      १४ घण्टा अघि

      मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

      १५ घण्टा अघि

      दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

      १५ घण्टा अघि

      मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

      १५ घण्टा अघि
    आज: २०८३ कार्तिक ११, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

  • लाईभ नेपाल
  • २०८२ कार्तिक २४, सोमबार (११ महिना अघि)
  • १४६९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गुल्मी । गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ ।

    गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो ।

    शिक्षालयमा तीन वर्षको लागि ६ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इञ्जीनियरिङ विषयको अध्ययन हुने गर्दछ । उक्त कोर्ष अध्ययनपश्चात अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर न्यून विद्यार्थी सङ्ख्याकाबीच पनि शिक्षालय सञ्चालन भइरहेको छ । शिक्षालयमा प्रत्येक सेमेस्टरका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । तर हालको विद्यार्थी सङ्ख्या हेर्दा आधाभन्दा पनि कम विद्यार्थी छन् ।

    २०७६ सालमा स्थापना भए पनि ०७७ सालको शैक्षिक सत्रबाट शिक्षालयमा भर्ना खुलेको थियो । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेका अनुसार भर्ना खुलेको वर्ष २०७७ मा १८, ७८ मा १३, २०७९ सालमा १५ जना विद्यार्थी भर्ना भए । २०८० मा भने दुईजना मात्रै भर्ना हुन आएपछि शिक्षालयले उक्त सेमेस्टरको पठनपाठन नै बन्द ग¥र्यो ।

    यसपछि २०८१ सालमा १२ एवं २०८२ सालको हालसम्म सातजना विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्रको भर्ना कार्यक्रम भने चलिरहेको छ । शिक्षालयमा हालसम्म ६ वर्षको अवधिमा दुई सय ८८ विद्यार्थी भर्ना गर्ने कोटा निर्धारण भए पनि हाल ६५ जना अर्थात कुल क्षमताको २३ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् । शिक्षालयमा भर्ना भएपछि २०७७, ७८, ७९ र ८१ को शैक्षिक सत्रमा भर्ना भएकामध्ये पनि १८ जनाले बीचमै अध्ययन छोडेका छन् ।

    इस्मामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि सिटिइभिटीले एकजना अधिकृतस्तरको प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, प्रशासन, लेखा, स्टोर र कार्यालय सहयोगी गरी सातजना कर्मचारीको व्यवस्था गरेको छ ।

    गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि गुल्मीको शिक्षालय आएका छन् । शिक्षालय प्रमुख प्रदीपराज पौडेलले बिना पूर्वाधार सरकारले भर्ना खोल्दा विद्यार्थी सङ्ख्या कम भएको बताए । उनले शिक्षालय स्थापना भएको छ वर्षसम्म पनि सामान्य पूर्वाधारसमेत नबन्नु दुखद् भएको बताए ।

    अहिले पनि अधिकाशं विद्यार्थी कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य छन् । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विद्यार्थी सङ्ख्या वृद्धि गर्नको लागि जुनसुकै ठाउँबाट आएका विद्यार्थीलाई पनि निःशुल्क अध्ययनको व्यवस्था गरेको बताए ।

    पालिकाको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा समावेश गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उनको भनाइ छ । साथै अहिले सङ्घीय सरकारबाट पूर्वाधार निर्माणको लागि तीन करोड बजेट विनियोजन भएको पनि उनले बताए । (रासस)

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

    काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

    प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

    समाचार

    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

    काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑