
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।
एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा मध्याह्न १२ बजे काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित जनप्रदर्शन गर्न लागेको हो ।
प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरका १६५ मध्ये केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरिसकेको छ ।

