
काठमाडौं, चैत १४ ।Apex Kids द्वारा आयोजित अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न कक्षाका बालबालिकाले नृत्य, कविता, भाषण तथा सिर्जनात्मक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।कार्यक्रमको सुरुवात LKG तथा UKG का बालिकाहरूको स्वागत गीत “स्वागतम्” बाट गरिएको थियो। त्यसपछि PG कक्षाका बालबालिकाले “मा सानी चरी” कविता प्रस्तुत गर्दै अभिभावकहरुको मन जितेका थिए।
उक्त कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ बिधालयका प्रधानाध्यापक Keshar Bahadur Khulal थिए । उनले बालबालिकाको समग्र विकासका लागि प्रारम्भिक शिक्षा अत्यन्तै महत्वपूर्ण हुन्छ, यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास र प्रतिभा उजागर गर्न ठूलो भूमिका खेल्ने उनलबताएका छन्।

PG कक्षाकी छात्रा अनुग्या खड्काले आत्मपरिचय प्रस्तुत गरेकी थिइन् भने LKG तथा UKG का विद्यार्थीहरूले “हिमालमा हिउँ” सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी PG (सेक्सन A र B) का बालबालिकाले “Red an Apple” कविता प्रस्तुत गरेका थिए।Nursery कक्षाका बालबालिकाले प्रोफेशनल शो, फलफूल सम्बन्धी प्रस्तुति तथा रमाइला नृत्यहरू प्रस्तुत गरेका थिए। साथै Samantha Thapa र Aagya Ojha लगायतका बालबालिकाले आत्मपरिचय दिएका थिए।

LKG तथा UKG का विद्यार्थीहरूले जनावर विषयक नृत्य, फेसन शो तथा विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। UKG की छात्रा Ojashwi Tamang ले “निउली बनैमा” एकल नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य बालबालिकाले “निलो आकाशमा”, “In The Morning” र “नाच्न पनि सिके मैले, गाउन पनि सिके” जस्ता कविताहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा PG, Nursery, LKG र UKG कक्षाका उत्कृष्ट तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। साथै UKG का विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न गर्दै मायाको चिनो वितरण गरिएको थियो।

UKG का विद्यार्थीहरूले “Thank you my teachers” शीर्षकमा नृत्य प्रस्तुत गर्दै शिक्षकप्रति कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रममा अभिभावकका तर्फबाट Susmita Thapa ले मन्तव्य राखेकी थिइन् भने Sabharanta Dhital र Himani Rana ले दीक्षान्त सम्बन्धी अनुभव साझा गरेका थिए।कार्यक्रममा अन्य अतिथि तथा वक्ताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि, शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम सबैलाई धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो ।
