• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      १ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      १ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      १ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      १ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      १ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      १ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      २ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      २ घण्टा अघि

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      २२ घण्टा अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      २२ घण्टा अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      २२ घण्टा अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      २२ घण्टा अघि

      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

      २२ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

      २२ घण्टा अघि

      ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

      २२ घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    परदेशको माटोबाट नेपाली मन रुवाउने सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

  • लाईभ नेपाल
  • २०८३ श्रावण ३, आईतबार (३ महिना अघि)
  • ८३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • सार्वजानिक भएको एक सातामै लाखौं दर्शक श्रोताको मन जित्न सफल सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?”(भिडियो सहित)
    अफ्रिकाको नाईजेरियामा सुटिङ भएको सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?” गीतले सामाजिक सन्जालमा तहल्का मच्चाउँदै
    सामाजिक सन्जालमा तहल्का मच्चाउँदैअफ्रिकाको नाईजेरियामा सुटिङ भएको सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?” गीत (भिडियो सहित)

    काठमाडौं । नेपाली लोकदोहोरी संगीतमा मौलिकता, भावना र सिर्जनशीलताको सुन्दर संयोजन प्रस्तुत गर्दै आएका गायक तथा सर्जक सुरेश अञ्जन नयाँ गीत“ लौननी यस्तो भएँ म किन ?” लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । सार्वजनिक भएको केही समयमै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन सफल भएको छ । प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका अनगिन्ती भावनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले सुन्ने जो–कोहीको मन छुने प्रयास गरेको छ । गीतका शब्दहरूमा लुकेको पीडा, मिठास र यथार्थले धेरैलाई आफ्नै जीवनका अधुरा कथा सम्झाइदिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ ।

    गीतमा सुरेश अञ्जान र चर्चित गायिका अञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ भने गीतका शब्द तथा संगीत स्वयं सुरेश अञ्जनले सिर्जना गरेका हुन् । लोकभाकाको मौलिक स्वादलाई आधुनिक संगीतको संयोजनसँग सन्तुलित रूपमा प्रस्तुत गरिएको यो गीतमा संगीत संयोजन शिवा कनौजे मगरले गरेका छन् । गीतको ध्वनि पक्षलाई उत्कृष्ट बनाउन बिमल छिनालले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रोजित महर्जनको रेकर्डिङ र डाइनामिक स्टुडियोको प्राविधिक सहयोगले गीतलाई उच्चस्तरीय श्रवण अनुभव प्रदान गरेको छ ।

    यो गीत “Suresh Anjan Official 2026” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो भने गीतको छायांकन अफ्रिकाको नाईजेरियामा गरिएको हो । अडियो संगै यो गीतको भिडियो पनि उत्तिकै आकर्षक र भव्य बनेको छ । भिडियोका निर्माता सुरेश अञ्जन हुन् भने निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीले गरेकी हुन् ।

    भिडियोमा अनुष्का घर्ती क्षेत्री, धुर्बे, विष्णु गिरी तथा आइशात सनुसीको अभिनय रहेको छ । कलाकारहरूको स्वाभाविक अभिनय र गीतअनुसारको भावाभिव्यक्तिले भिडियोलाई अझ प्रभावशाली बनाएको छ ।

    यस भिडियोको अर्को विशेषता भनेको नेपाल र नाइजेरियाका कलाकारहरूको संयुक्त सहभागिता हो । नृत्यमा ओलायिन्का बाबाटुन्डे, वालिउ अडेटोये, अडेबिसी, इम्यानुएल, ओक्पान मिराकल हान्नाह, आयोमिडे अडे, चिकान्गोजी, जोय तथा नेपाली कलाकार गणेश थापाको आकर्षक प्रस्तुति रहेको छ । यसले नेपाली लोकगीतलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने नयाँ प्रयासका रूपमा समेत चर्चा पाएको छ ।

    भिडियोको छायांकन टीजे ओलादेजोले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ राजकुमार मगरले गरेका छन् भने पोस्टर डिजाइन एसडी हाउसले तयार गरेको हो । मेकअप अलारा ग्लाम सिग्नेचर्स, लिप्सिङ क्यामेरा सुरेश बोहरा, लोकेसन तथा टिम व्यवस्थापन नुरियत आयोडेजी र पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले सम्हालेका हुन् ।

    यस सांगीतिक परियोजनालाई सफल बनाउन साहित्यकार हरि गिरी बिमर्शी, रञ्जित पौडेल, तेजश रेग्मी, मन जीसी, नाइजेरियन नागरिकहरु , गणेश थापा, सुजिता थापा, सुनिल भुसाल, शिव गिरी, सुरेश बोहरा, दुर्गा गिरी (सयपत्री गेष्ट हाउस), शिव गिरी (सयपत्री गेष्ट हाउस), सौगात साउद, मिलन नाथ, मेनुका सोनी, कृष्ण पौडेल तथा शर्मिला पौडेललगायको विशेष सहयोग रहेको निर्माता सुरेश अन्जानले बताएकाछन् ।

    सार्वजनिक भएदेखि नै “लौननी यस्तो भएँ म किन ?” ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सार्वजानिक भएको एक सातामै यो गीतले युट्युबमा करिब १५ लाख दर्शकको माया पाएको छ भने टिकटकमा ट्रेडिङ १ मा पर्न सफल भएको छ । युट्युब र टिकटकमा लाखौं दर्शकको रोजाईमा परेको यो गीतको भाव, शब्द, संगीत, गायन, भिडियो निर्माण, छायांकन र नेपाल–नाइजेरियाको सांस्कृतिक सहकार्यलाई दर्शकले विशेष रुचाएका छन् । नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने प्रयासका रूपमा समेत यो गीतलाई हेरिएको छ।

    भावनाले भरिएको शब्द, आत्मालाई छुने संगीत, उत्कृष्ट भिडियो निर्माण र नेपाली मौलिकतालाई विश्वमञ्चसँग जोड्ने प्रस्तुति भएकाले “लौननी यस्तो भएँ म किन ?” यस वर्षको चर्चित लोकदोहोरी गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

    समाचार

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑