• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

      ४ घण्टा अघि

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      ४ घण्टा अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      ४ घण्टा अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १ दिन अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १ दिन अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १ दिन अघि

      कस्तो रहला आजको मौसम ?

      १ दिन अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      १ दिन अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      १ दिन अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      १ दिन अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      १ दिन अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      १ दिन अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु

  • लाईभ नेपाल
  • २०८३ आश्विन १८, आईतबार (३ हफ्ता अघि)
  • २०१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन् । चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि राखिएको छ ।

    सो अवसरमा आयोजित मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन चेम्बर बजारले सहयोग गर्ने बताइन् । “महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भनिन्, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।” महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा चेम्बर बजारलाई अघि बढाउन खोजिएको श्रेष्ठले बताईन । उनले बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको पनि जानकारी दिईन् ।

    त्यसैगरी चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई बिस्तार गर्न आवश्यक रहेको बताउदै महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने उल्लेख गरे । त्यस्तै, नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् ।

    “चेम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,” प्रसाईंले भनिन्, “महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ ।” मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले बजारमा उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने बताईन् ।

    त्यस्तै, नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले यस मेलाले महिला उद्याशीलता प्रवद्र्धनमा टेवा पुने विश्वास व्यक्त गरिन् । यस मेलाको अवसरमा उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

    यसैगरी सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र निस्शुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधिसमेत चेम्बर बजारसँगै सञ्चालन गरिनेछन् । जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख शहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    समाचार

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑