• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

      ६ घण्टा अघि

      कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

      ७ घण्टा अघि

      भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

      ७ घण्टा अघि

      एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

      ७ घण्टा अघि

      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

      ७ घण्टा अघि

      कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

      ७ घण्टा अघि

      जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

      ७ घण्टा अघि

      साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

      ७ घण्टा अघि

      नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई बाइक र स्कुटर

      ९ घण्टा अघि

      नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

      १ दिन अघि

      स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

      १ दिन अघि

      सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

      १ दिन अघि

      एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो

      १ दिन अघि

      बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

      १ दिन अघि
    आज: २०८३ मंसिर १, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (१ हफ्ता अघि)
  • १८३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा लगानीका सम्भावना बढाउन विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (वर्ल्ड ट्राभल मार्केट-डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलङ्काका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतको राज्यसभा सदस्य, प्रख्यात लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

    भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीच द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । भेटका क्रममा मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय साझेदारी, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । उनले भने, “नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्दै हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि र पर्यटन क्षेत्रमा लगानीका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छ । हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदार मुलुकसँगको सहकार्यलाई थप परिणाममुखी बनाउँदै नेपाललाई विश्व पर्यटनको आकर्षक, सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।”

    त्यसैगरी, नेपालको मौलिक सांस्कृतिक सम्पदा, हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, आध्यात्मिक तथा वेलनेस पर्यटनका विशिष्ट अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ । डब्ल्यूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीसँगै योग, ध्यान, आध्यात्मिकता, मानसिक शान्ति र प्राकृतिक उपचारमा आधारित पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने नेपालको प्रयासलाई समेत मेलामा विशेष रूपमा जोड दिइएको छ ।

    पर्यटनमन्त्री पौडेलको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, वायुसेवा कम्पनी, होटल, ट्राभल तथा टुर अपरेटरसहितको नेपाली टोलीले मेलामा सहभागिता जनाएको छ । मन्त्री पौडेलले नेपाल प्याभिलियनको उद्घाटन गरेका हुन् । मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन८-५३० बाट नेपालको पर्यटन सेवा, गन्तव्य र पर्यटकीय उत्पादनको प्रवर्द्धन गरिरहेका छन् । विश्वका प्रमुख पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्ल्यूटीएमलाई नेपालले नयाँ बजार खोज्ने, व्यावसायिक साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको छ ।

    यसैबीच, नेपालले हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथा क्षेत्रलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था तथा यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गरेको छ । ‘नेपाल खुला छ’ (नेपाल इज ओपन) अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने सन्देशसमेत प्रवाह गरिएको छ ।

    नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँदै पर्यटक आगमन, लगानी र व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले डब्ल्यूटीएममा गरिएको उच्चस्तरीय सहभागिता र भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

    कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

    भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

    दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

    कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

    समाचार

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

    कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

    भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑