• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      ३ घण्टा अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      ३ घण्टा अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      ३ घण्टा अघि

      ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ३ घण्टा अघि

      स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

      ४ घण्टा अघि

      जनसरोकारको पक्षमा कलम चलाउने जीवन शर्मा खोज पत्रकारिता सम्मानबाट सम्मानित

      ४ घण्टा अघि

      क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु

      ६ घण्टा अघि

      आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

      ७ घण्टा अघि

      सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर

      ७ घण्टा अघि

      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित

      ७ घण्टा अघि

      बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

      ७ घण्टा अघि

      बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल

      ७ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

      २ दिन अघि

      मेक्सिको विश्वकपको नकआउटमा

      २ दिन अघि
    आज: २०८३ अषाढ ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    टोखा प्रमुख अधिकारीको घोषणा : ‘सूचना प्रविधिमार्फत उदाहरणीय नगरपालिका बनाउने हाम्रो अठोट’

  • लाईभ नेपाल
  • २०८२ अषाढ २२, आईतबार (११ महिना अघि)
  • ९५४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउन ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र मोबाइल एप सञ्चालनमा ल्याएको छ । ड्रोन प्रविधिबाट घर–घरको डेटा सङ्कलन गरेर बनाइएको डिजिटल प्रोफाइलमार्फत अब नगरवासीले घरमै बसेर सेवा लिन सक्नेछन् ।

    शुक्रबार आयोजित अन्तिम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले सूचना प्रविधिको उपयोगबाट प्रशासनिक सेवा, विपद् व्यवस्थापन र विकास योजनामा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो इन्टिग्रेटेड सिस्टम अब टोखाले प्राप्त गरेको छ, नेपालमा बिरलै यसको प्रयोग गरेका छन् ।

    राजधानीकै हिसाबले हेर्दा ललितपुरले यसमा थालनी गरिसकेको भए पनि पूर्णता दिन सकेको छैन, तर टोखाले यो कार्य सम्पन्न गर्न सफल भएको छ ।’ नगर प्रमुख अधिकारीले यस प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्न बजेट, कानुनी पक्ष र कर्मचारी समन्वयमा पूर्ण तयारी भइसकेको उल्लेख गर्दै सबै जनप्रतिनिधिको सहमति र समर्थन प्राप्त भएको जानकारी दिए । ‘नगरसभा तथा प्रशासनबाट आवश्यक निर्देशन र साथ पाएका छौं । अब कुनै कानुनी उल्झन नपर्ने गरी अघि बढ्नेछौं,’ उनले भने ।

    अधिकारीले कोभिड महामारीपछिको कठिन अवस्थालाई स्मरण गर्दै दोस्रो कार्यकालमा यो परियोजना सम्पन्न गर्न पाउनु गौरवको विषय भएको बताए । उनले थपे, ‘म पहिलो कार्यकालमा सुरु भएको योजनालाई दोस्रो कार्यकालमा पूर्णता दिने अवसर पाएँ । अब टोखाबासीले डिजिटल सेवा प्रणालीबाट नयाँ अनुभव प्राप्त गर्नेछन् ।’ उनले मोबाइल एपमार्फत नगरवासीले गुनासा, सुझाव, तथा विपद् सम्बन्धी सूचना जस्तै आगलागी, बाढी, दुर्घटना, फोहोर व्यवस्थापन इत्यादिबारे सिधै सम्बन्धित निकायमा जानकारी दिन सक्ने प्रणाली विकास गरिएको जानकारी दिए ।

    नगर प्रमुख अधिकारीले भने, ‘इच्छाशक्ति भएपछि असम्भव केही हुँदैन । यो प्रोजेक्ट सफल हुनुको मुख्य कारण हाम्रो प्रतिबद्धता, जनताको साथ, र कर्मचारीको अथक परिश्रम हो । सूचना प्रविधिलाई अब थप व्यवस्थित बनाउँदै टोखालाई डिजिटल प्रशासनमा उदाहरणीय नगरपालिका बनाउने हाम्रो अठोट छ ।’

    कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, वडाध्यक्ष रमेश लामिछाने लगायत अन्य वडाध्यक्ष तथा जनप्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी तथा परामर्शदाता संस्था Naxa-ConnectUs-DigiNirman JV का इन्जिनियरहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

    ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    यस्तो छ आजका लागि कृषिउपजको मूल्य

    स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

    समाचार

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

    ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑