• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

  • लाईभ नेपाल
  • २०८२ श्रावण ११, आईतबार (११ महिना अघि)
  • १२९२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका छन्। भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको सर्वत्र चर्चा चलेको थियो।

    समाजसेवी समेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।

    बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन्।

    गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।

    चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबर पाएपछि आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन्।

    सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।

    गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन्। परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑