• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      २२ मिनेट अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      १ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      १ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      १ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      २ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      २ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      २ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      २ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      २ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ६ घण्टा अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १ दिन अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १ दिन अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

  • लाईभ नेपाल
  • २०८२ श्रावण १३, मंगलबार (९ महिना अघि)
  • ७५३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ ।

    पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ ।

    तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ ।

    तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

    उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति (Instant Torque) र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसन (Silent Operation) का कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू–– एसओसी, पावर मोटर, टर्टल मोड (SOC, Power Meter, Turtle Mode) आदि बुझ्ने तरिका पनि सिकाइएको छ ।

    बनेपामा आयोजित तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका सम्बन्धमा यस तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।’ गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् ।

    उक्त कार्यक्रममा भिजि मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । उनले भने, ‘हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पु¥याउन चाहन्छौं, ताकि व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित होस् । यस्तो सवारी सही ढंगले नचलाइएमा चालक, यात्रु र तिनका परिवारलाई समेत जोखिममा पार्न सक्छ ।’

    भीजी मोटर्सले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पु¥याउने योजना अगाडि सारेको छ । भीजी मोटर्सले आगामी हप्ताहरूमा स्थानीय चालक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न प्रशिक्षकहरूसँग समन्वय गरी प्राविधिक सामग्रीहरु तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    भिजि मोटर्सले नेपाली बजारमा विद्युतीय माइक्रोबस एसआरएम र जोयलङका गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् । वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ईभी प्रविधि आफैंले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।

    यही आवश्यकतालाई सम्बोधन गर्न भीजी मोटर्सले ट्रेनिङ्ग आयोजना गरेको हो । कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै विगतमा यस क्षेत्रको सीप विकासमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

    तालिममा सहभागी प्रशिक्षकहरूलाई बनेपामा एक रातको बसोबास, भोजन, यातायात तथा प्रायोगिक अभ्यास सहितको पूर्ण तालिम प्याकेज प्रदान गरिएको थियो । पहिलो चरणमा तालिम लिएका ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकहरूले दोस्रो चरणमा सार्वजनिक सवारी साधन चलाउने चालकहरूलाई प्रशिक्षण दिनेछन् ।

    You

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

    समाचार

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑