
काठमाडाैं, १९ साउन । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुव कुमार पौडेललाई पुनः नियुक्त गरेको छ।
शनिबार (साउन १७ गते) बसेको संस्थाको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार पौडेलको नयाँ कार्यकाल आगामी साउन २० गते (अगष्ट ४) देखि लागू हुनेछ।
चार वर्षका लागि सीईओमा नियुक्त भएका पौडेललाई सोही बैठकमार्फत कम्पनीको कम्पनी सचिवको जिम्मेवारी समेत पुनः दिइएको छ।
पौडेलको पहिलो कार्यकालको प्रदर्शनलाई सकारात्मक रूपमा लिँदै संस्थाले निरन्तरता दिने निर्णय गरेको जनाएको छ। आरएसडीसी लघुवित्त ग्रामीण तथा साना व्यवसाय प्रवर्द्धनमा क्रियाशील एक प्रमुख लघुवित्त संस्था हो।
