• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ८ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १९ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १९ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १९ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      २३ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      २३ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      २३ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      २३ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      २३ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  बैंक/वित्त

    सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कसको कति ?

  • लाईभ नेपाल
  • २०८२ श्रावण २८, बुधबार (९ महिना अघि)
  • ८४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, २७ साउन । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण हालसम्म सात वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

    गत आर्थिक वर्षमा एउटा बैंक बाहेक अन्य ६ वटा वाणिज्य बैंकको नाफा बढेको छ । कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि हुँदा सिटिजन्स बैंकको नाफामा भने सामान्य गिरावट भएको छ ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।

    यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढ्दा खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ । यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ

    बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ ।

    गत आवमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.८३ प्रतिशत छ ।

    गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष बैंकले ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

    बैंकले नाफामा उल्लेख्य वृद्धि गरे पनि वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा पनि बैंकको यस्तो नाफा ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक थियो ।

    गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानी ८ रुपैयाँ ७ पैसा रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत, सञ्चालन नाफा ५२९.८७ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेको छ ।

    बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ छ ।

    गत आवमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख निक्षेप संकलन गर्दा कर्जा लगानी २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा अनुपात ६।४२ प्रतिशत छ ।

    यसतै गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०।२४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३ अर्ब ८ करोड नाफा कमाएको थियो ।

    बैंकको वितरणयोग्य मुनाफा २२० प्रतिशतले बढेको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो आवमा ५८ करोड मात्रै थियो । बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ ।

    बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा अन्य आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ भएको छ ।

    बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ पुग्दा कर्जा लगानी २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बैंकले खराब कर्जा २.६२ प्रतिशत छ ।

    यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ ।

    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ । बैंकको सञ्चालन आम्दानी १५.१२ प्रतिशतले बढ्दा सञ्चालन नाफा २.३२ प्रतिशतले घटेको छ ।

    बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । गत आवसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशत छ ।

    कृषि विकास बैंक: कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेको छ । यस बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ ।

    गत आवमा बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख गर्दा सञ्चालन नाफा ५ अर्ब ८४ करोड पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ ।

    बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रहेको छ । गत आवमा बैंकले २ खर्ब ९३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.२६ प्रतिशत छ ।

    यस्तै एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।

    गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ ।

    बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ छ ।

    यस अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.३८ प्रतिशत छ ।

    सानिमा बैंक: सानिमा बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.२४ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।

    बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।

    बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ छ ।

    यस अवधिमा बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा ३.१ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑