• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १४ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १४ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १५ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?

  • लाईभ नेपाल
  • २०८२ माघ २९, बिहिबार (४ महिना अघि)
  • ४६२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढिको राजस्व उठाउने लक्ष्य राखेपनि बजेटको अर्धवार्षिक समीक्षासम्ममा राजश्व न्युन उठिरहेको छ ।

    अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्ममा मात्रै सरकारले ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख राजस्व प्राप्तिको लक्ष्य राखेको थियो । तर यो अवधिमा जम्मा ५ खर्ब ८१ अर्ब ४० करोड ७२ लाख संकलन भएको छ । यो रकम राजस्व प्राप्तिको अर्धबार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत संकलन भएको छ तर वार्षिक लक्ष्यको तुलनामा भने यो निकै कमजोर संकलन हो ।

    अर्थ मन्त्रालयका अनुसार भन्सार विभागबाट संकलन हुने राजस्व आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा अवधिमा ८.४८ प्रतिशतले वृद्धि भएको छ । कूल वैदेशिक व्यापार १७.३६ प्रतिशतले र आर्थिक वर्ष २०८१/८२ को तुलनामा समिक्षा अवधिमा प्रमुख १० वस्तुको आयात २७.१० प्रतिशतले वृद्धि भएता पनि ती वस्तुहरूबाट संकलित राजस्वमा भने ४.७६ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ ।

    अर्थ मन्त्रालयको अर्धवार्षिक प्रतिवेदन अनुसार भटमासको कच्चा तेल, डीएपी मल, चाँदी, सुन, युरिया, मोबाइल टेलिफोन, मोटरसाइकल अन एसेम्बल, डिजेल, कच्चा पाम तेल, अलकत्रा विटुमिनजस्ता प्रमुख १० वस्तुहरूबाट न्युन राजश्व संकलन भएको छ ।

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३३ अर्ब ८३ करोड बढी मूल्यको शुन्य भन्सार महशुल दर भएका मालवस्तु पैठारी भएको हुँदा सो सुविधाबाट राजस्व रकम कम प्राप्त भएको हो । प्रतिवेदनका अनुसार आर्थिक ऐन तथा भन्सार महशुल ऐनबाट दिइएको राजश्व छुटको दायरा वर्षेनी बढ्दै गएका कारण राजस्व संकलनमा प्रतिकुल प्रभाव परेको छ भने खुला सीमा व्यवस्थापन र आन्तरिक बजार अनुगमन अपेक्षाकृत प्रभावकारी हुन नसक्दा चोरी पैठारी नियन्त्रण प्रभावकारी हुन नसक्नु जस्ता कारणले भन्सारतर्फको राजश्व संकलनमा प्रभाव परेको छ ।

    त्यस्तै, आन्तरिक राजश्वतर्फ पनि सरकारले सोचेअनुसार राजश्व उठाउन सकिरहेको छैन । राजश्वमा ठूलो योगदान गर्ने क्षेत्र बैंक तथा वित्तीय संस्थाहरूको औषत आधार व्याजदर घटेको कारण वित्तीय क्षेत्रवाट प्राप्त हुने व्याजकर तथा आयकरमा नकारात्मक असर परेको छ भने घर जग्गा तथा शेयर कारोबारमा पुस महिनासम्म सुधार हुन नसकेको कारण पुँजीगत लाभकरमा नकारात्मक असर राजश्वमा परेको छ ।

    उद्योग, व्यापार, तथा लगानी लगायतका आर्थिक कारोवारमा अपेक्षाकृत वृद्धि हुन नसक्दा, भदौ २३ र २४ मा भएको नव युवा आन्दोलनका कारण पर्यटन क्षेत्रको मू.अ.कर को वृद्धिदर ऋणात्मक हुँदा र दूर सञ्चार क्षेत्रको भ्वाइस, डाटा र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी संकुचित हुँदै जाँदा सो क्षेत्रबाट प्राप्त हुने राजश्व कम हुँदै गएको अर्थमन्त्रालयको ठम्याइ छ ।

    कार्यालयको कर निर्धारणका विरुद्धमा करदाता सोझै रिटको माध्यमबाट अदालतमा पुनरावेदन जाने प्रवृत्ति बढ्न गई निर्धारित कर रकम समयमा दाखिला हुन नसकेको र संघ र स्थानीय तहको बिचमा घर बहाल कर लगायत कतिपय कर संकलनको विषयमा नीतिगत अस्पष्टता, सरकारी संस्थान तथा पब्लिक लिमिटेड कम्पनीको आम्दानीमा गिरावट आउदाँ, अवकाश भुक्तानीमा हुने अग्रिम कर कट्टी वापतको राजश्वमा कमी आउँदा पनि सरकारले राजस्व संकलन गर्न नसकेको निष्कर्स निकालिएको छ ।

    त्यस्तै, वक्यौता तथा वेरुजु फछ्यौट र सो असुलउपर गर्ने कार्यले गति लिन नसक्दा समीक्षा अवधिमा अनुमानको तुलनामा आयकरतर्फको संकलन न्यून हुन गएको अर्थ मन्त्रालयको बुझाइ छ भने सरकारको पुँजीगत खर्चमा आशातित सुधार हुन नसकेको तथा निर्माण क्षेत्रको कार्यले गति लिन नसकेको कारण राजस्वमा यस क्षेत्रको योगदानमा सुधार हुन नसकेको, अर्थतन्त्रमा निर्माण क्षेत्रको योगदान न्युन रहेको कारण सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीहरूको बिक्री कारोबारमा कमि आउँदा र अन्तःशुल्कजन्य वस्तुहरूको उत्पादन योगदान कमजोर रहँदा त्यसको असर राजस्व संकलनमा परेको छ ।

    अर्थ मन्त्रालयका अनुसार नक्कली बीजकको प्रयोग तथा सीमा क्षेत्रको चोरी पैठारी नियन्त्रण पूर्ण प्रभावकारी हुन नसक्नु जस्ता कारणले समेत मूल्य अभिवृद्धि करतर्फको राजश्व अनुमानको तुलनामा कम संकलन भएको छ भने सुर्तिजन्य वस्तुको उत्पादन गर्ने प्रतिष्ठानहरू तथा अन्य औद्योगिक उत्पादनको अन्तःशुल्क योगदानमा अपेक्षित वृद्धि हुन सकेको छैन । त्यस्तै चोरी पैठारी नियन्त्रण प्रभावकारी हुन नसक्दा अन्तःशुल्कतर्फको संकलन समेत अनुमानका तुलनामा केही न्युन हुन गएको अर्थमन्त्रालयको ठम्याइ रहेको छ । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑