• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १२, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

      ५६ मिनेट अघि

      ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

      १ घण्टा अघि

      छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

      १ घण्टा अघि

      नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

      १ घण्टा अघि

      ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

      ३ घण्टा अघि

      नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता

      ३ घण्टा अघि

      मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

      ३ घण्टा अघि

      उपायको आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशतले वृद्धि

      ३ घण्टा अघि

      ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

      ३ घण्टा अघि

      inDrive Nepal certifies first cohort of Driving Naari Nepal

      ३ घण्टा अघि

      सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

      ३ घण्टा अघि

      सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

      ३ घण्टा अघि

      नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

      ३ घण्टा अघि

      लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

      ४ घण्टा अघि

      विश्वव्यापी रूपमा प्रशंसित BAW E7 Pro लाई LRR Motors ले नेपालमा सार्वजनिक गर्ने

      ४ घण्टा अघि
    आज: २०८३ श्रावण १२, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • बिहान उठ्नासाथ ढाड कक्रक्क हुने, कम्मर दुख्ने वा लामो समय बस्दा ढाडमा असहज महसुस हुने समस्या आजभोलि धेरै मानिसमा देखिने गरेको छ । धेरैजसोले यस्तो दुखाइलाई सामान्य ठानेर बेवास्ता गर्ने, आफैं निको हुन्छ भन्ने विश्वास गर्ने वा कडा ओछ्यानमा सुत्नेजस्ता घरेलु उपाय अपनाउने गर्छन् । तर यीमध्ये धेरै धारणा मिथक मात्र हुन सक्ने बताउँछन् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक एवं स्पाइन सर्जन डा. विनोद बिजुक्छे ।

    ढाड दुखाइका कारण, यससँग जोडिएका भ्रम, घरमै अपनाउन सकिने सावधानी, कहिले चिकित्सककहाँ जानुपर्ने, एमआरआई वा अपरेशन कहिले आवश्यक पर्छ भन्ने लगायतका विषयमा डा. बिजुक्छेसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौँ ।

    विभिन्न किसिमका मिथकहरू छन् ढाड दुख्यो भने आफैँ निको हुन्छ भन्ने कुराहरू, के वास्तवमै यी मिथकहरू सही हुन् वा होइनन् ?

    यो महत्वपूर्ण कुरा के छ भने ढाड दुख्ने, कम्मर दुख्ने, घाँटी दुख्ने भन्ने कन्डिसन संसारभरि नै सबैभन्दा कमन कन्डिसन हो । अस्पताल जाने सबैभन्दा कमन कारण संसारभरि नै कम्मर दुख्ने, ढाड दुख्ने नै हो । र धेरैजसो ढाड दुख्ने कारण भित्र केही समस्या हुनुपर्दैन । ९५ प्रतिशतभन्दा बढी ढाड दुखाइहरू भित्र केही पनि समस्या नभइकन नै हुन्छन् । हामीले के बुझ्नुप¥यो भने मेरुदण्ड भनेको हाम्रो शरीरको पिलर हो, यसले हाम्रो शरीरलाई सीधा राख्ने काम गर्छ । यसमा घाँटीको भागमा ७ वटा हड्डी, छातीको भागमा १२ वटा र कम्मरको भागमा ५ वटा हड्डी गरेर बनेको हुन्छ । प्रत्येक हड्डीलाई हामीले भर्टेब्रा भन्छौँ । त्यसको बीचमा एउटा कुरकुरे हड्डी हुन्छ, जसलाई डिस्क भनिन्छ । यी छुट्टाछुट्टै हड्डी मिलेर बन्ने भएकोले गर्दा यो चलायमान हुन्छ । दायाँ–बायाँ फर्किने, अगाडि–पछाडि तन्किने सबै मुभमेन्टहरू यी जोर्नीहरूमा हुन्छन् । चार खुट्टा टेकेर हिँड्ने जनावर र दुई खुट्टा टेकेर हिँड्ने मानिसमा फरक छ । चार खुट्टे जनावरलाई ढाडमा त्यति भार पर्दैन, हामी दुई खुट्टे हिँड्ने भएकोले शरीरको सम्पूर्ण लोड ढाडले लिएको हुन्छ । सबैभन्दा बढी लोड पर्ने ठाउँ कम्मरको भाग हो । यसलाई दायाँ–बायाँबाट मसल्सले सपोर्ट गरेको हुन्छ । अब हाम्रो बस्ने तरिका नमिल्दा, काम गर्ने तरिका नमिल्दा ढाड दुख्ने गर्छ त्यसैले ढाड दुख्यो भन्दैमा आत्तिनु पर्दैन । ढाड दुख्यो भने नशा च्यापिन्छ, प्यारालाईसिस हुन्छ भन्ने भ्रम गलत हुन् ।

    ढाड दुख्दा धेरैले ‘यत्तिकै ठिक भइहाल्छ नि’ भनेर घरमै बस्छन्, यसको असर पछि कत्तिको नराम्रो हुन सक्छ ?

    यो एकदमै महत्वपूर्ण प्रश्न हो । हामीले ’रेड फ्ल्याग साइन्स’ भन्छौँ । यदि ढाडको दुखाइ दिनमा भन्दा रातमा बढी भयो, सुतिरहेको मान्छे चसक्क गरेर ब्युँझने खालको दुखाई छ भने, मुभमेन्ट गर्दा पेन बढी हुन्छ, खाटबाट उठ्दा वा कोल्टे फेर्दा अरूको सहारा चाहिन्छ भने, न्युरोलोजिकल डेफिसिट जस्तै खुट्टा वा हातमा कमजोरी देखिने, हिँड्दा खुट्टा लत्रिने, ब्यालेन्स नमिल्ने, ह्यान्डराइटिङ वा सिग्नेचर बिग्रिने भयो भने, पिसाब कन्ट्रोल भएन वा पिसाब गर्न बल गर्नुप¥यो भने, पिसाब गर्ने ठाउँको वरिपरि लाटोपना महसुस भयो भने, यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ । बाँकी ९५ प्रतिशत दुखाई ’पोस्चरल’ वा ’मेकानिकल’ दुखाई हुन्, जसमा आत्तिनु पर्दैन ।

    मानिसहरू ‘ढाड सड्कियो’ भन्छन्, यो भनेको के हो ?

    ढाड सड्किनु भनेको मसल र हड्डी बीचको ब्यालेन्स नमिल्नु हो । हाम्रो बस्ने वा काम गर्ने तरिका नमिल्दा मसल्सहरू खुम्चिन्छन्, जसलाई मेडिकल टर्ममा ‘मसल स्प्याजम’ भनिन्छ । यसैलाई ढाड सड्किएको भनिन्छ ।

    यस्तो अवस्थामा घरमै गर्न सकिने रोकथामका उपाय के हुन सक्छन् ?

    पहिलो कुरा पिर नगर्ने । दोस्रो, आइस प्याक लगाउने, जसले इन्फ्लामेसन र स्प्याजम कम गर्छ । होचो ठाउँमा नबस्ने (बस्दा हिप लेभल घुँडाभन्दा माथि हुनुपर्छ) । अर्को कुरा एक्सरसाइज, जसलाई हामी ‘ब्याक स्कुल प्रोग्राम’ भन्छौँ, जसले मसल्सको इलास्टिसिटी र सपोर्ट बढाउँछ ।

    परापूर्व कालदेखि नै ढाड दुख्दा ‘पटुकी’ बाँध्ने चलन छ, यो कत्तिको सही हो ?

    पटुकी बाँध्नु ठिकै हो, तर हाम्रो शरीरको आफ्नै पटुकी हुन्छ जुन मसल्स हुन् । हामीले साधारणतया पटुकी वा बेल्ट सिफारिस गर्दैनौँ । बेल्टले मसल्सलाई रेस्ट दिन्छ, जुन सर्जरीपछि वा ‘एक्युट स्प्याजम’ भएको २४–४८ घण्टाका लागि मात्र ठिक हुन्छ । तर सधैँ बेल्ट लगाउने बानी गर्दा मसल्सले काम गर्न छोड्छ र झन् कमजोर हुन्छ जसले गर्दा मान्छे बेल्टमा डिपेन्डेन्ट हुन्छ ।

    ढाड दुख्दा बालबालिकालाई ढाडमा टेक्न लगाउने वा ढाड पड्काउने गरिन्छ, यो कत्तिको जोखिमपूर्ण छ ?

    यो एकदमै गलत हो । यसले मसल इन्जुरी गराउन सक्छ र हड्डी कमजोर छ भने फ्याक्चर पनि हुन सक्छ । विशेषगरी कपाल काट्दा हजामले घाँटी पड्काउने चलन एकदमै खतरनाक छ । मैले मेरो करियरमा यस्ता धेरै बिरामी देखेको छु जसको घाँटी पड्काउँदा नशा च्यापिएर हात–खुट्टा नै नचल्ने भएको छ । त्यसैले यसो गर्नु हुँदैन ।

    एउटा अध्ययनले भन्छ कि नेपाली वयस्क महिलामा ढाड दुखाइको समस्या बढी छ, यो किन हो ?

    महिलाहरूमा यसका केही विशेष कारण छन्, महिनावारी रोकिएपछि ’इस्ट्रोजेन’ हर्मोनको कमी हुन्छ, जसले हड्डी कमजोर बनाउँछ । महिलाहरूले घरमा निहुरिएर काम गर्नुपर्ने हुन्छ (लुगा धुने, खाना पकाउने, बच्चाको केयर गर्ने), गाउँघरमा इन्डियन स्टाइलको ट्वइलेट प्रयोग गर्दा टुक्रुक्क बस्नुपर्छ, जसले ढाडमा लोड बढाउँछ । ढाड दुख्यो भने नशा च्यापिएर प्यारालाईसिस हुन्छ भन्ने डरले पनि दुखाईको लेभल बढाउँछ ।

    के भिटामिन वा क्याल्सियमको कमीले पनि ढाड दुख्छ ?

    भिटामिन डी एकदमै जरुरी छ । यसले शरीरमा क्याल्सियम एब्जर्पसन गर्न मद्दत गर्छ । भिटामिन डीको कमी भयो भने हड्डी पातलो हुन्छ ( तर आफुखुसी क्याल्सियम खानु गलत हो । क्याल्सियमका साइड इफेक्टहरू छन् यसले ग्यास्ट्राइटिस गराउन सक्छ, किड्नीमा पत्थरी गराउन सक्छ र मुटुको मसल्सलाई पनि असर गर्न सक्छ । क्याल्सियम विशेष गरी बढ्दो उमेरका बच्चा, सुत्केरी महिला, मेनोपोज भएका महिला वा ६० वर्ष कटेका ओस्टियोपोरोसिस भएका व्यक्तिलाई मात्र चिकित्सकको सल्लाहमा दिइन्छ । घाम भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो ।

    ढाड दुख्यो भनेर धेरै बिरामीहरू आउनुहुन्छ ? कस्तो अवस्थामा एक्स–रे, सिटि स्क्यान वा एमआरआई गर्नुपर्छ ? धेरैले डाक्टरले एक्स–रे नै गरिदिएन भनेर गुनासो पनि गर्छन् नि ?

    जाँच गर्ने उपायहरू धेरै छन् (रगत, एक्स–रे, एमआरआई आदि) । तर ती सबै कुरालाई ’लजिकली’ पुष्टि गर्न सक्नुपर्छ । जथाभावी एक्स–रे गर्नु हुँदैन किनभने यसमा रेडिएसन हुन्छ । उपचार ’कस्ट इफेक्टिभ’ (कम खर्चिलो) पनि हुनुपर्छ । यदि भर्खरै चोट लागेको छ र हड्डी भाँचिएको शंका छ भने एक्सरे गर्ने, यदि ढाड दुखाइसँगै खुट्टामा कमजोरी देखिएको छ भने एमआरआई गर्ने । यदि साधारण दुखाइ छ, ज्वरो आएको छैन, खान मन लागेको छ, र राति सुत्दा आराम हुन्छ भने तुरुन्तै एक्स–रे वा एमआरआईको आवश्यकता पर्दैन । कम्तिमा ६ हप्तासम्म कसरत र औषधी गर्दा पनि निको भएन भने मात्र थप जाँच गर्ने हो । मानिसहरूमा ‘नसा च्यापियो कि’ भन्ने ठूलो डर हुन्छ ।

    एमआरआईमा नसा च्यापिएको देखिने बित्तिकै अपरेशन नै गर्नुपर्ने हो ?

    यो एकदमै गलत बुझाइ हो । १०० जना नसा च्यापिएका बिरामीमध्ये ९५ देखि ९८ जनालाई जीवनमा कहिल्यै अपरेशन गर्नु पर्दैन । एमआरआईमा नसा च्यापिएको देखिनु भनेको उमेर अनुसार कपाल फुल्नु जस्तै प्राकृतिक कुरा पनि हुन सक्छ । धेरै बिरामी कसरत, फिजियोथेरापी र जीवनशैली परिवर्तनले नै निको हुन्छन् ।

    ‘साइटिका’ भनेको के हो ? यो कसरी हुन्छ ?

    हाम्रो कम्मरको भागबाट नसाहरू निस्किएर खुट्टातिर जान्छन् । ती नसाहरू मिलेर एउटा ठूलो नसा बन्छ, जसलाई ‘साइटिक नर्भ’ भनिन्छ । यदि कम्मरमा नसा थिचियो र त्यसको दुखाइ खुट्टाको पिँडुलासम्म पुग्यो भने त्यसलाई ‘साइटिका’ भनिन्छ ।

    ढाड दुख्ने मुख्य कारण के हो ? यसबाट कसरी बच्ने ?

    यसको मुख्य कारण हाम्रो बस्ने र काम गर्ने शैली हो । धेरै समयसम्म एकै ठाउँमा नबस्ने । आधा घण्टा बसेपछि ५ मिनेट उभिने वा हिँड्ने । भुइँबाट सामान उठाउँदा निहुरिएर भन्दा पनि शरीरको नजिक राखेर उठाउनुपर्छ । शरीरबाट टाढा सामान राखेर उठाउँदा ढाडमा लोड बढीपर्छ । मांसपेशीहरूलाई बलियो बनाउन नियमित कसरत गर्ने । पेट जति ठूलो भयो, ढाडमा लोड उति नै बढी पर्छ। त्यसैले तौल घटाउनु जरुरी छ ।

    के ढाड दुखाइ वंशानुगत पनि हुन्छ ?

    केही हदसम्म वंशानुगत हुनसक्छ, तर मुख्य कुरा हाम्रो जीवनशैली नै हो । हामी दुई खुट्टाले हिँड्ने प्राणी भएकोले ढाडमा सधैँ लोड परिरहेको हुन्छ । त्यसैले ढाडको हेरचाह आफैँले गर्नुपर्छ ।

    फिजियोथेरापी र अन्य वैकल्पिक उपचार कत्तिको प्रभावकारी छन् ?

    बजारमा धेरै खाले थेरापीहरू छन् । यी सबैले केही न केही फाइदा गर्छन्, तर सबैभन्दा प्रभावकारी भनेको ‘एक्टिभ फिजियोथेरापी’ अर्थात् कसरत नै हो । औषधीले केही समय दुखाइ कम गर्ला, तर दीर्घकालीन समाधान भनेको मांसपेशी बलियो बनाउनु नै हो । कहिलेकाहीँ मानिसहरूले ‘हिजो सुतेको मिलेन, त्यसैले ढाड दुख्यो’ भन्छन् ।

    सुताइ र ढाडको दुखाइको सम्बन्ध कत्तिको छ ?

    यो एकदमै सही कुरा हो । सुताइ मिलेन भने ढाड मात्र होइन, घाँटी र काँध पनि दुख्न सक्छ । मुख्य कुरा भनेको हाम्रो मांसपेशी र हाड बीचको सन्तुलन हो । यदि सुताइको पोजिसन मिलेन भने त्यो सन्तुलन बिग्रिन्छ र दुखाइ सुरु हुन्छ ।

    उमेर बढ्दै जाँदा ढाडको समस्या बढी हुने देखिन्छ, यसको कारण के होला ?

    उमेर बढ्दै गएपछि हाड खिइने प्रक्रिया सुरु हुन्छ, जसलाई हामी ’स्टिफनेस’ भन्छौँ । हाड खिइएपछि मांसपेशीको शक्ति कम हुन्छ र उसले बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा ढाड दुख्छ । यो एउटा प्राकृतिक प्रक्रिया पनि हो ।

    धेरैलाई बिहान उठ्दा ढाड कक्रक्क हुने समस्या हुन्छ, यो किन हुन्छ ?

    यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा विशेष प्रकारको बाथ हुन्छ, जसलाई ’एन्काइलोजिङ स्पोन्डिलाइटिस’ भनिन्छ । यो विशेषगरी २० देखि ४० वर्षका पुरुषमा बढी देखिन्छ । यसको मुख्य लक्षण भनेको बिहान उठ्दा शरीर एकदमै कक्रक्क हुने र जति चल्यो त्यति नै सजिलो हुँदै जाने हुन्छ । आराम गर्दा बढी दुख्ने र काम गर्दा कम हुने यसको विशेषता हो । यस्तो अवस्थामा छातीको फैलावट पनि कम हुन सक्छ ।

    ढाड दुख्दा ‘बेड रेस्ट’ कत्तिको आवश्यक छ ?

    हामी ढाड दुख्दा २४ घण्टा भन्दा बढी बेड रेस्ट नगर्न सल्लाह दिन्छौँ । जति धेरै आराम गर्यो, मांसपेशीहरू त्यति नै कमजोर हुँदै जान्छन् । यसलाई ’डिसयूज एट्रोफी’ भनिन्छ । सकेसम्म हिँडडुल गर्नुपर्छ, जसले मांसपेशीलाई सक्रिय राख्छ ।

    कसैको एक्स–रे र एमआरआई सबै सामान्य आउँदा पनि ढाड दुखिरहन्छ, यो किन हुन्छ ?

    दुखाइ एउटा व्यक्तिगत अनुभव हो । यसलाई ’साइकोसोम्याटिक पेन’ भनिन्छ । कहिलेकाहीँ मानसिक तनाव वा दिमागमा परेको छापका कारण पनि शरीरमा दुखाइ महसुस हुन्छ । यस्तो अवस्थामा बिरामीलाई काउन्सिलिङको बढी आवश्यकता पर्छ ।

    के ढाड दुख्दा पेट पनि दुख्न सक्छ ?

    ढाड र पेटका मांसपेशीहरू एकअर्कासँग जोडिएका हुन्छन् । डाढको इन्फेक्सन (जस्तै हाडको टिबी) वा क्यान्सर भयो भने त्यसको असर पेटसम्म पुग्न सक्छ । ९५ प्रतिशत ढाडको दुखाइ सामान्य भए पनि १ प्रतिशत दुखाइ टिबी, क्यान्सर वा बाथका कारण हुन सक्छ ।

    सुत्ने सही तरिका के हो त ?

    सुत्दा आफूलाई जुन पोजिसन सजिलो लाग्छ, त्यही अपनाउनु पर्छ । दुईवटा खुट्टाको बीचमा सिरानी राखेर सुत्नु राम्रो हुन्छ । घुँडा मुनि सिरानी राख्नुपर्छ, जसले मांसपेशीलाई आराम दिन्छ । भुइँमा वा कडा ठाउँमा सुत्नुपर्छ भन्ने धारणा गलत हो, किनकि हाम्रो मेरुदण्ड आकारको हुन्छ र कडा ठाउँमा सुत्दा दुखाइ झन् बढ्न सक्छ ।

    के जुत्ताको कारणले पनि ढाड दुख्छ ?

    विशेषगरी ‘हिल’ भएको जुत्ता लगाउँदा मेरुदण्डको सन्तुलन बिग्रिन्छ । हाम्रो शरीरको भार बोक्ने मेरुदण्ड एउटा खम्बा जस्तै हो । यदि जग (जुत्ता÷खुट्टा) मिल्यो भने मात्र मेरुदण्ड सिधा रहन्छ । जुत्ता नमिल्दा मांसपेशीले बढी बल गर्नुपर्छ र डाढ दुख्छ ।

    अचम्मको कुरा, आजभोलि बिरामी डाक्टरकहाँ जानुअघि ’गुगल’ वा ’च्याट–जीपीटी’ प्रयोग गरेर जान्छन्, यसलाई कसरी हेर्नुहुन्छ ?

    सूचना पाउनु राम्रो कुरा हो, तर गुगल वा एआईले बिरामीलाई प्रत्यक्ष जाँचेको हुँदैन । मेडिकल क्षेत्र भनेको गणित (२+२=४) जस्तो हुँदैन । एउटै औषधिले कसैलाई ठिक गर्छ भने कसैलाई ’साइड इफेक्ट’ गर्न सक्छ । गुगलमा हेरेर आफैं उपचार गर्नु खतरनाक हुन सक्छ । जानकारी लिनुस् तर डाक्टरको सल्लाह बिना औषधि सेवन नगर्नुस् ।

    अन्त्यमा के भन्नुहुन्छ ?

    ढाडको दुखाइलाई सामान्य रूपमा मात्र नहेरौँ । आफ्नो जीवनशैली, सुताइ र हिँडाइमा सुधार ल्याऔं । समस्या परेमा विशेषज्ञको सल्लाह लिऔँ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

    छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

    नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

    ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

    नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता

    मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

    समाचार

    समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

    ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

    छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

    नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑