• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      १ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      १ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      १ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      १ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      १ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      १ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      १ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

  • लाईभ नेपाल
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • १८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सार्वजनिक प्रशासन, सेवा प्रवाह, व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएका दुई व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ । नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले डा. रामकण्ठ माकजु श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८१ र पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान २०८२ प्रदान गर्नुभयो । दुवैलाई सम्मानपत्रसहित नगद दुई–दुई लाख रुपैयाँ प्रदान गरिएको थियो ।

    सम्मान प्रदान गर्दै राष्ट्रपति पौडेलले यस्ता सम्मानले सार्वजनिक तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रेरणा दिने बताउनुभयो । उहाँले राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको प्रभावकारी सहकार्यबाट मात्रै न्यायपूर्ण, स्वच्छ, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो । राष्ट्रपति पौडेलले स्वच्छ प्रशासन, उत्तरदायित्वपूर्ण व्यवस्थापन र व्यावसायिक नेतृत्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । स्वर्गीय हेमबहादुर मल्लले व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँले उहाँकै नाममा स्थापित सम्मानलाई निरन्तरता दिनु सकारात्मक र प्रेरणादायी कार्य भएको बताउनुभयो ।

    उहाँले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाका क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यले भावी पुस्ताका प्रशासक, व्यवस्थापक, चिकित्सक, प्राज्ञ, उद्यमी तथा राष्ट्रसेवकलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले हेमबहादुर मल्लसँग जोडिएको आफ्नो पुरानो स्मरणसमेत सुनाउनुभयो । आफू तत्कालीन समयमा कृषिमन्त्री रहँदा मल्लले नेपालमा कफी उत्पादन विस्तार गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ठूलो सम्भावना रहेको सुझाव दिनुभएको स्मरण गर्दै उहाँले त्यसपछि कफी विकासका लागि आवश्यक कार्यक्रम अघि बढाइएको बताउनुभयो । “नेपालका डाँडाकाँडा कफीले ढाकिदिनुस्, कफीको बजार संसारमा प्रशस्त छ,” हेमबहादुर मल्लले दिनुभएको सुझाव आफूलाई अहिले पनि स्मरण रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

    नेपाल जन–प्रशासन संघका अध्यक्ष मधु रमण आचार्यले स्वच्छ प्रशासन, उत्तरदायित्व, प्रभावकारी व्यवस्थापन र व्यावसायिक नेतृत्वविना सुशासन तथा दिगो विकास सम्भव नहुने बताउनुभयो । प्रशासन तथा व्यवस्थापन क्षेत्रमा देखिएका असल अभ्यास, उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्वको पहिचान तथा सम्मान गर्नु पेशागत संस्थाको महत्वपूर्ण दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । स्वर्गीय हेमबहादुर मल्लको योगदान, आदर्श, सेवाभाव र व्यावसायिक मूल्यलाई वर्तमान तथा भावी पुस्तासम्म पु¥याउने उद्देश्यले नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनसँगको सहकार्यमा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मान केवल पुरस्कार नभई कर्तव्यप्रतिको निष्ठा, व्यावसायिक उत्कृष्टता, नेतृत्व क्षमता, सार्वजनिक उत्तरदायित्व र संस्थागत सुशासनप्रतिको सम्मानसमेत हो ।

    कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सञ्चालक समिति अध्यक्ष प्रदीपलाल श्रेष्ठले कर्पोरेशनले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले कर्पोरेशनले छ दशकभन्दा लामो समयदेखि आम उपभोक्तालाई दैनिक जीवनमा आवश्यक वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउँदै आएको बताउनुभयो । कर्पोरेशनले नुन, चिनी, रासायनिक मल, कागज, दाल, चामल, तेल, मैदा, पिठोलगायतका वस्तु आपूर्ति गर्दै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दुर्गम क्षेत्रमा समेत नुनको अभाव हुन नदिन आपूर्ति तथा भण्डारण व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

    जनस्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन व्यापारिक गतिविधिमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा समेत विभिन्न योगदान गर्दै आएको बताउनुभयो । हेमबहादुर मल्ल सम्मानमार्फत उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

    सम्मान ग्रहण गर्दै बरिष्ठ चिकित्सक डा. रामकण्ठ श्रेष्ठले सम्मानले आफूले इमानदारीपूर्वक गरेको काम, सेवाप्रतिको प्रतिबद्धता र संस्थागत योगदानको समेत कदर भएको अनुभूति गराएको बताउनुभयो । उहाँले सम्मानले आगामी दिनमा अझ जिम्मेवार, समर्पित र प्रतिबद्ध भएर काम गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो । नेतृत्व र व्यवस्थापन केवल सैद्धान्तिक ज्ञानबाट मात्र प्राप्त नहुने बताउँदै डा. श्रेष्ठले व्यवहारिक अनुभव, निरन्तर मेहनत, इमानदारी र संस्थाप्रतिको समर्पणबाट प्रभावकारी नेतृत्व विकास हुने धारणा राख्नुभयो । उहाँले नेतृत्वमा रहेका व्यक्ति सिर्जनशील हुनुपर्ने र सिर्जनात्मक नेतृत्वबाट मात्रै प्रभावकारी व्यवस्थापन सम्भव हुने बताउनुभयो ।

    सानो समूहबाट सुरु भएको धुलिखेल अस्पतालमा हाल करिब एक हजार सात सय जनाले रोजगारी पाएको उल्लेख गर्दै डा. श्रेष्ठले संस्थालाई व्यक्तिमा निर्भर नभई प्रणालीमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो । सार्वजनिक प्रशासनको प्रमुख जिम्मेवारी व्यक्ति केन्द्रित नभई अवसर र प्रणालीमा आधारित संरचना निर्माण गर्नु रहेको उहाँले बताउनुभयो । त्यस्तै, अर्का सम्मानित व्यक्तित्व पूर्वसचिव एवं पूर्वमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक प्रशासन सुधारका लागि पाँच विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । नियुक्ति र जिम्मेवारीमा योग्यता तथा इमानदारीलाई प्रमुख आधार बनाउनुपर्ने, प्रविधिलाई पारदर्शिता वृद्धि र भ्रष्टाचार नियन्त्रणको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने तथा नीति र प्रणालीलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

    साथै, इमानदारीको बाटोमा हिँड्ने युवालाई एक्लो महसुस हुन नदिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हरेक नीति तथा नियम निर्माण गर्दा त्यसले दुर्गम गाउँमा रहेका नागरिक र तिनका सन्तानको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न गर्नुपर्ने बताउनुभयो । “जबसम्म कुनै गाउँको बालबालिका अवसरबाट वञ्चित हुन्छ, जबसम्म कुनै युवा रोजगारीका लागि विदेश जान बाध्य हुन्छ र जबसम्म कुनै सामान्य नागरिक सरकारी कार्यालयको ढोकाबाट निराश भएर फर्किन्छ, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन,” खनालले बताउनुभयो । उहाँले प्राप्त सम्मानलाई व्यक्तिगत पुरस्कारका रूपमा मात्र नलिई सार्वजनिक प्रशासनमा इमानदारीपूर्वक काम गरिरहनुभएका सबै व्यक्तिप्रतिको सम्मानका रूपमा स्वीकार गरेको बताउनुभयो ।

    डा. श्रेष्ठलाई धुलिखेल अस्पतालको स्थापना तथा विकासमा पुर्याउनुभएको योगदान, गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासप्रतिको प्रतिबद्धताका आधारमा सम्मानका लागि छनोट गरिएको हो । पूर्वसचिव खनाललाई सार्वजनिक प्रशासन तथा सेवा सुधार, नीति निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानका आधारमा सम्मान गरिएको हो । नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनको आर्थिक सहयोगमा हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । संघका अनुसार २०६० सालदेखि प्रदान हुँदै आएको यो सम्मान यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याउनुभएका २१ जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिसकिएको छ ।

    साल्ट ट्रेडिङका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो । कार्यक्रममा सार्वजनिक सेवामा कार्यरत तथा अवकाशप्राप्त अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोगका अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑