• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

      ५ घण्टा अघि

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      ५ घण्टा अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      ५ घण्टा अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १ दिन अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १ दिन अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १ दिन अघि

      कस्तो रहला आजको मौसम ?

      १ दिन अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      १ दिन अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      १ दिन अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      १ दिन अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      १ दिन अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      १ दिन अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

  • लाईभ नेपाल
  • २०८३ कार्तिक ९, आईतबार (१ दिन अघि)
  • ५२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् ।

    दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ ।

     

    उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन् ।

    घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्।

    उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका छन् भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन्।

    खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन । गाईको दूधको मूल्य भने प्रतिलिटर ६५ मूल्य पाउने गरेका छन् । तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर एक सय सम्ममा बिक्री गर्ने गरेका छन् । गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    ‘मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,’ उनले भने ।

    दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ ।

    किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन् । व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन् । लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन् ।

    हाल दही प्रतिलिटर रु १४०, पनिर प्रतिकिलो रु ९०० र घीउ प्रतिकिलो रु एक हजार ४५० बनाएका छन् । घोराहीका एक कृषकले प्रतिलिटर रु ७० देखि ७५ सम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन् ।

    आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्‍याउने भएकाले प्रतिलिटर रु ७५ सम्म मूल्य पाउने गरेको उनको भनाइ छ । तर, दूध बजारसम्म पुर्‍याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए ।

    लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ । पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ ।

    किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चको पनि मूल्यांकन गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    समाचार

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑