• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

      १ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

      २ घण्टा अघि

      एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

      ९ घण्टा अघि

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      ९ घण्टा अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      ९ घण्टा अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १ दिन अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १ दिन अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १ दिन अघि

      कस्तो रहला आजको मौसम ?

      १ दिन अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      १ दिन अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      १ दिन अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १ दिन अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      १ दिन अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।

    अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग–तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।

     

    काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाए । ‘यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,’ उनले भने, ‘थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।’

    तातोपानीमा स्नान गर्नेले शरीरको थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउँछन् । चिसो ठाउँबाट आएका पर्यटकले तातोपानीमा स्नान गरेपछि न्यानो महसुस गर्छन् ।

    कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी सङ्कलन गरेर पोखरी र धारामा वितरण गरिएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

    कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार केही दिनयता पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । ‘हिजोआज दैनिक दुईदेखि ३०० जनाले स्नान गर्छन्,’ उनले भने, ‘पर्यटक आगमन दैनिक रुपमा बढ्दो छ ।’

    बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएका दुईवटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने ठाउँमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६ः०० देखि राति १०ः०० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि ५० र विदेशीका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।

    अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३–८४ मा भुरुङ्ग–तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क सङ्कलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम नौ लाख ५० हजार मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने म्याद सोमबारसम्म तोकिएको थियो ।

    कुण्डमा पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२–८३ मा करबाहेक ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । आर्थिक वर्ष २०८१–८२ मा ५६ लाख २५ हजार ३७७ र २०८०–८१ मा ५५ लाख ९०० मा ठेक्का लागेको थियो ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानी कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा सहयोग गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षणमा पनि रकम खर्च गरिँदै आएको अध्यक्ष पुनले बताए ।

    कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणका काम हुँदै आएका छन् । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष ५० लाख १० हजारमा ठेक्का सम्झौता भएको छ ।

    कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका तातोपानी कुण्डमा असर गरेको छैन । तर, गाउँपालिका–६ मा पर्ने रातोपानीस्थित तातोपानी कुण्ड भने बाढीले बगरमा परिणत गरेको छ । गाउँपालिका–१ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि भने यस वर्ष कुनै प्रस्ताव परेको छैन ।

    भुरुङ्ग–तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई बास बसाउन सकिने क्षमता रहेको व्यवसायीले बताएका छन् ।

    व्यवसायी राजु हमालका अनुसार केही दिनयता होटल भरिभराउ हुन थालेका छन् । यस वर्ष भुरुङ्ग–तातोपानीमा बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किनेहरू रहेको उनले बताए ।

    देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बस्छन् । त्यसपछि जिप चढेर अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु गर्छन् । भुरुङ्ग–तातोपानी कुण्ड मुस्ताङ यात्रा गर्ने, पदयात्रामा जाने र फर्किने पर्यटकका लागि विश्रामस्थलका साथै स्थानीय पर्यटन व्यवसायको आधार बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    समाचार

    पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

    इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑