पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समारा विक्रमालाई अनुबन्ध गरेको छ ।
३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ। सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन्।
पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ।
यस्तै पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर नै अनुबन्ध गरिसकेको छ। जसमा विश्व चर्चित अलराउण्डर शाकिब अल हशन सबै भन्दा ठूला खेलाडीको रुपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्म सैफुद्दिन र स्पीन बलिङ अलराउण्डर महेदी हसनपनि अनुबन्ध भएका छन्।
विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटम खेलिसकेका छन्। उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन्।
क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन्।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोएल्सलाई एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ।

