• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

      ६ घण्टा अघि

      महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

      ६ घण्टा अघि

      अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

      ६ घण्टा अघि

      महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

      ६ घण्टा अघि

      नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

      ७ घण्टा अघि

      डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

      ७ घण्टा अघि

      स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

      ७ घण्टा अघि

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      १४ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      १४ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      १४ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      १४ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      १४ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      १५ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      १५ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      १५ घण्टा अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (७ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ । यस्तै प्लाष्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरेको छ । वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर दीपावलीका अवसरमा यस्तो व्यवस्था सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् । प्रहरी बलको सूचनामा बिक्री केन्द्रका बारेमा जानकारी दिइएको छ । यसरी सार्वजनिक गरिएको सूचनामा बिक्री स्थलमा व्यवस्थापनमा सहयोग गर्न किसानले सिधै फोन गर्न सक्ने व्यक्तिको मोबाइल नम्बर समेत उल्लेख छ ।

    जसअनुसार एनबि सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शंखमुलका लागि विपिन रावल ( ९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ । यस्तै, सेल्स बेरी, मध्य बानेश्वरका लागि सपना सिजापती (९८०१९७१३०८) सँग, फोनेक्स टावर, बत्तीसपुतलीका लागि सुरज थापा (९७६३६९७१४०) सँग, ए.सी. कम्लेक्स, चावहिलका लागि गोविन्द्रराज गिरी (९८४१५१७२३३) सँग, चावहिल गणेशस्थान, तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) सँग, के.एल.टावर अगाडि, चावहिलका लागि चेतना गुरुङ्ग (९८०५८४१९७८) सँग, कमलादीमा रहेको आइटी बिल्डिङ्का लागि (०१ ४५१५७८६) मा, पुतली सडकमा रहेको स्टार मलका लागि चित्र बहादुर ढुंगाना ( ९८६९५३९५११) सँग, अनामनगरमा रहेको भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१) सँग, सुन्धारामा रहेको काठमाडौँ मलका लागि (०१–५३५२५५५) मा, न्यूप्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ ।

    यसै गरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्क्वेट, कालीमाटीकै द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं. २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल विक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।

    यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ ।

    साथै, काठमाडौँ महानगरपालिकाले समेत विगतका वर्षहरुदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा निषेध गरेको छ ।’ जानकारी सँगै अनुरोध गर्दै सूचनामा भनिएको छ, ‘आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरि स्वदेशी फूल तथा मालाको विक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नुहुन सम्पूर्ण महानरवासीमा अनुरोध छ ।’

    सूचनाको अन्त्यमा विधिको पालना नगर्नेलाई सचेत गराउँदै भनिएको छ, ‘सूचनाको अवज्ञा गरि पूर्णरुपमा रोक लगाईएका प्लाष्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाइएमा सामाग्रीहरु जफत हुने तथा काठमाडौँ महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐन बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।’ तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको प्रयोग बढ्दै जाँदा नेपाली बजारमा स्वदेशी तथा विदेशी फूलको कारोबार पनि बढ्ने गरेको छ ।

    फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन महानगरपालिकाले काम गरिरहेको हो । २०८० सालदेखि महानगरपालिकाले तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ । नेपाली उत्पादनलाई विदेशी फूलबाट छुट्याएर पहिचान दिन तथा बिक्रीमा प्राथमिकता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।

    महानगरपालिकाले पहिलो वर्ष प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोड स्टोरको प्राङ्गणमा फूल बिक्री गर्ने व्यवस्था गरेको थियो । सुरुमा व्यापारीलाई महानगरको योजना बारे पर्याप्त जानकारी नहुँदा उनीहरू सहरका विभिन्न स्थानमा बसेर फूल बिक्री गर्न थालेका थिए । त्यसपछि महानगर प्रहरी बलले व्यापारीलाई सवारीसाधनमार्फत तोकिएका बिक्री स्थलसम्म लगेर फूल तथा माला लोड–अनलोड गर्न सहयोग गरेको थियो । नेपालमा अहिले पनि पुष्प तथा पुष्पजन्य वस्तुको आयातको आकार ठुलो छ । नेपालमा भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्याण्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, यूएई, ताइवान र इजरायललगायत देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेका छन् । आयात हुने वस्तुमा विभिन्न प्रजातिका बिरुवा, बीउबिजन, फ्रेस कट फ्लावर, बल्ब, ट्युबर तथा ट्युबर रुट्स रहेका छन् ।

    स्वदेशी फूल बिक्रीका लागि महानगरपालिकाले निश्चित स्थान उपलब्ध गराउनु सकारात्मक प्रयास हो । महानगरपालिकासँगै सरोकारवाला निकायले, पुष्प व्यवसायको दीर्घकालीन विकासका लागि उत्पादनदेखि बजारसम्मको श्रृङ्खला व्यवस्थित गर्न आवश्यक छ । किसानलाई गुणस्तरीय बीउबिजन, प्राविधिक सहयोग, सिँचाइ, उत्पादन सामग्री र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा फूलको भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सहयोग दिन सके स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

    डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

    समाचार

    मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

    महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑