• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १ घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ८ घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १0 घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १0 घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १0 घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १0 घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १0 घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १0 घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १0 घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १0 घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १0 घण्टा अघि
    आज: २०८३ आश्विन ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहुँच हुनुपर्नेमा जोड

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २२, बिहिबार (१ साल अघि)
  • ११५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवालगायतले कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि ज्यादा प्रतिकूल असर बेहोर्न बाध्य नेपालजस्ता विकासोन्मुख मुलुकको जलवायु वित्त कोषमा सहज र न्यायोचित पहुँच हुनुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रिय र क्षेत्रीय नागरिक मञ्च तथा सञ्जालहरुद्वारा आज यहाँ आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाले जलवायु परिवर्तनसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालले उठाउनुपर्ने मुद्दाहरू सम्बन्धमा विभिन्न सुझाव दिएको थियो ।

    जलवायु वित्तमा समान तथा न्यायोचित पहुँच सम्बन्धमा नेपालले उठाउनुपर्ने मुद्दाहरूबारे छलफल गर्ने उद्देश्यले ‘२९औँ जलवायु सम्मेलन र जलवायु वित्तमा नेपालको पहुँच नागरिक समाजका सुझाव’ विषयक परामर्श कार्यक्रम गरिएको हो । कोप–२९ यही कात्तिक २६ गतेदेखि मंसिर ०७ गतेसम्म अजरबैजानको बाकु सहरमा हुँदैछ ।

    जलवायु न्यायको सिद्धान्तका आधारमा अतिकम विकसित र विकासोन्मुख देशहरूले प्राप्त गर्ने जलवायु वित्त मुख्यतः कार्बन उत्सर्जन न्यूनीकरणमा केन्द्रित र ऋणमा आधारित बन्दै गएकामा उपस्थित नागरिक समाजका सदस्यहरूले चिन्ता व्यक्त गरे ।

    यस किसिमको असमान र अन्यायपूर्ण अवस्थालाई बदल्न नेपालले अनुकूलन, उत्थानशीलता एवं हानिनोक्सानीलाई सम्बोधन गर्न बनेको कोषबाट पर्याप्त अनुदान पाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

    कार्यक्रमका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सन् २०३० सम्ममा नेपालले वन क्षेत्रफललाई ४५ प्रतिशतसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएको र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य राखेको बताए । उनले कोप–२९ मा सरकारको ध्यान अनुकूलन, हानिनोक्सानीको क्षतिपूर्ति, तथा क्षमता अभिवृद्धिको मुद्दामा केन्द्रित रहने उल्लेख गरे ।

    राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले नेपालजस्ता देशको कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु सङ्कटको सामना गर्नुपरेकाले सरकारले जलवायु न्यायसम्बन्धी चासोहरू जलवायु सम्मेलनमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले जलवायु परिवर्तन र यसले निम्त्याएका सङ्कटमा नेपालको कुनै भूमिका नभए पनि उक्त सङ्कट सामनाका लागि आवश्यक जलवायु वित्त उपलब्ध गराउन सर्तमाथि सर्त राखिनु असान्दर्भिक भएको बताए ।

    कार्यक्रमका मुख्य वक्ता डा माधव कार्कीले नेपालजस्ता अतिकम विकसित र पर्वतीय मुलुकमा जलवायु परिवर्तनका समस्या सम्बोधन हालको जस्तै सुस्त भएमा छिट्टै जलवायु आपत्कालको चरण सुरु हुने उल्लेख गरे ।

    यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा अर्जुन कार्कीले विकसित मुलुकले अतिकम विकसित र विकासोन्मुख देशहरूका लागि सार्वजनिक, अनुदानमा आधारित, नयाँ र थप वित्तीय सहयोग निःशर्त प्रदान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नागरिक समाजका प्रतिनिधि साथै सरकारी निकाय, द्विपक्षीय तथा बहुपक्षीय निकायका प्रतिनिधिको सहभागिता थियो ।

    कार्यक्रम नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, डेडिकेटेड ग्रान्ट मेकानिज्म फर इन्डिजिनिअस पिपुल्स एण्ड लोकल कम्युनिटिज (डिजिएम) नेपाल, नेपाल आदिवासी जनजाति महाङ्घ (नेफिन), साथसाथै, विश्वखाद्य मञ्च नेपाल, मानव अधिकार एलाइन्स, एसियन पिपल्स मुभमेन्ट अन डेट एण्ड डेभलप्मेन्ट (एपिएमडिडी), गरिबी उन्मूलनका लागि दक्षिण एशिया मञ्च (सापे), लैङ्गिक उत्तरदायी जलवायु नीति सञ्जाल, अतिकम विकसित मुलुकका सञ्जाल (एलडिसी वाच) र युएन बुमनको सहआयोजनामा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑