• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      ३ घण्टा अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      ३ घण्टा अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      ३ घण्टा अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      ३ घण्टा अघि

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      २0 घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      १ दिन अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      १ दिन अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      १ दिन अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      १ दिन अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      १ दिन अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      १ दिन अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      १ दिन अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि
    आज: २०८३ आश्विन १२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    ह्वाइटहाउस फेस्टिभल फेस्टिभल २०८१’ आयोजना

  • लाईभ नेपाल
  • २०८१ माघ २३, बुधबार (१ साल अघि)
  • ९३९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल माघ २३, २४ र २५ गते कलेज परिसर तीनकुनेमा हुनेछ।

    माध्यमिक तहका विद्यार्थीलाई पढाइका अतिरिक्त साहित्य, सङ्गीत, कला, खेलकुद, राजनीति लगायतका यावत् क्षेत्रमा सहभागी बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक शैलेन्द्र अधिकारीले बताए ।

    महोत्सवको पहिलो दिन कानुनका विद्यार्थीहरूको मुट कोर्ट, विज्ञान तथा आइटि प्रदर्शनी लगायतका कार्यक्रमहरू राखिएका छन्। मुट कोर्टमा त्रिवि कानुन संकायका सहायक डिन प्रा.डा. ज्ञानेश्वर पराजुली तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायाधीशको रुपमा रहनेछन्।

    कलेजकै पूर्व विद्यार्थी समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा उद्घाटन हुने पहिलो दिनको कार्यक्रममा विज्ञान प्रदर्शनीहरू प्रदर्शन हुने छन् भने विज्ञानः जिज्ञाशाको जवाफ विषयको सत्रमा त्रिवि विज्ञान संकायका पूर्व डिन डा. विनिल अर्याल तथा आइटि विज्ञ डा. गजेन्द्र शर्मा र इन्जिनियर्स एशोसियशनका अध्यक्ष सुबास चन्द्र बरालले विद्यार्थीहरूसँग संवाद गर्नेछन्।

    पहिलो दिनको अर्को सत्रमा ‘उद्यमः कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा कलेजकै पूर्व विद्यार्थी तथा खल्ती एपका निर्नेशक अमित अग्रवाल र सिए तथा कन्टेन्ट क्रिएटर अनुपमा संग्रौलाले उद्यमि निरज भट्टको सहजिकरणमा विद्यार्थीहरूसंग संवाद गर्नेछन्।

    पहिलो दिनको अन्तिम सत्रमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको संवाद हुनेछ भने विद्यार्थीहरूका विभिन्न प्रतिभा प्रदर्शन हुनेछ। कार्यक्रमस्थलमा विद्यार्थीहरूका प्रदर्शनी राखिएका ४५ वटा स्टल रहनेछन्।

    दोस्रो दिन माघ २४ गते लिटरेचर फेस्टिबलको औपचारिक उद्घाटन डा. भगवान कोइराला लगायतका व्यक्तिहरूको विशेष आतिथ्यमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा राउटे समुदायका ४ जना प्रतिनिधिहरूसँग पत्रकार दीपक सापकोटाको संवादबाट फेस्टभल सुरु हुनेछ।

    तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा साहित्य, संस्कृति, राजनीति, प्रविधि, कला र समाजका विविध पक्षमाथि गहन छलफल हुनेछ।

    नेपाली साहित्य, संस्कृति, राजानीति तथा विचारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त लेखक, पत्रकार, कलाकार, राजनीतिक विश्लेषक, प्राज्ञिक व्यक्तित्व तथा विविध क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो दिन विज्ञान, प्रविधि, हास्यव्यंग्य र शिक्षाका विषयमा बहस तथा प्रस्तुति रहनेछ।

    दोस्रो दिन ‘राजनीतिः विकास कि आकर्षण?’, ‘साहित्य, संगीत र अभिनय’ लगायतका विषयमा ख्यातिप्राप्त वक्ताहरूले विचार व्यक्त गर्नेछन्। यस्तै, ‘धमलाको हमला’ शीर्षकमा चर्चित पत्रकार ऋषि धमलाको विशेष सत्र पनि रहनेछ।

    अन्तिम दिन न्याय, प्रविधि, खेलकुद, विकास, उद्यमशीलता, कविता वाचन र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रम समेटिएको छ। अर्थविद् एवं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नेपालको विकासका बारेमा विद्वत् प्रवचन दिनेछन्।

    ‘न्याय र समाज’ विषयमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले विद्वत् प्रवचन राख्नेछिन् भने ‘एआई र भविष्य’ विषयक सत्रमा प्रविधि विज्ञहरूको अन्तरक्रिया हुनेछ। महोत्सवको समापनअघि कविता कन्सर्ट तथा लाइभ ब्याण्ड म्युजिकको विशेष प्रस्तुति हुनेछ।

    यस महोत्सवले नेपाली साहित्य, विचार, प्रविधि, संस्कृति र समसामयिक विषयहरूलाई बहसको केन्द्रमा ल्याउँदै समाजमा ज्ञान र सृजनशीलताको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। सबै साहित्यप्रेमी, विद्यार्थी, तथा विचारशील व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन कलेजले निमन्त्रणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

    पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

    महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

    Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    समाचार

    ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

    पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

    महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

    Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑