• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ६ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १७ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १७ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १७ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      २१ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      २१ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      २१ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      २१ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      २१ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    चिया प्रविधिको पढाइ ३ वर्षमै बन्द, विद्यार्थीलाई जागिर न उच्चशिक्षा

  • बिपिन जैसी
  • २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)
  • १७२२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • २३ कात्तिक काठमाडौं । स्नातक तहमा चिया प्रविधि (ब्याचलर इन टि टेक्नोलोजी एन्ड मेनेजमेन्ट (बीटीटीएम ) पढाइ हुने झापाको मेची बहुमुखी क्याम्पसमा हिजोआज यो विषय पढाइ हुन छाडेको छ ।

    २०६९ सालमा सुरु भएर लगातार तीन वर्ष पढाइ भएर ४० जना उत्तीर्ण भए पनि चौथो वर्षदेखि विद्यार्थी नभएपछि बन्द भएको क्याम्पसले जनाएको छ ।

    यही विषयमा नेपालमा स्नातकोत्तरको पढाइ नहुने भएपछि आफूहरुको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले गुनासो गरेका थिए । त्यसपछि क्याम्पसले पाठ्यक्रम परिमार्जन गरी विज्ञान संकायमा बीएस्सी टी साइन्स बनाएर स्नातकोत्तर तहमा वनस्पति विज्ञान पढ्न मिल्ने व्यवस्था गरेको थियो ।

    तर त्यसपछि विद्यार्थी नै भर्ना हुन नआएको क्याम्पस प्रमुख जीवन पोखरेल बताउँछन् । ‘विद्यार्थीले भविष्य अन्योलमा पर्‍यो भनेपछि बीएस्सी टी साइन्स र स्नातकोत्तर तहमा वनस्पति विज्ञानसँग जोडिने गरी पाठ्यक्रम परिमार्जन गरियो तर त्यसपछि विद्यार्थी नै आउन छोडे’, उनले भने ।

    स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति अभावको कारण पढाउन नसकिएको क्याम्पस प्रमुख पोखरेलले बताए । ‘स्नातक पढाउँदा पनि हामीले चारतिरबाट निश्चित समयको लागि सम्झौतामा ल्याएर पढाउन लगाइयो । बल्लैले कोर्ष पूरा गरिन्थ्यो । स्नातकोत्तर तहमा त त्यसरी पनि सम्भव भएन’, उनी भन्छन् ।

    मेची बहुमुखी क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्य सचिव उपप्राध्यापक केशव काफ्लेका अनुसार बीटीटीएम पढेर नेपालमा बसेकाहरु चिया सम्बन्धित पेशामा रोजगार छन् ।

    स्नातक तहको चार वर्षे बीटीटीएममा विद्यार्थीले चियाको बीउ रोप्नेदेखि काट्नेसम्म र बजार व्यवस्थापन प्रक्रियाबारे पनि पढ्नुपर्थ्यो । जसले नेपालको उद्योगहरुमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराएको क्याम्पसको भनाइ छ । क्याम्पसको तथ्यांक अनुसार बीटीएम पढेर केही विदेश गएका बाहेक सबै जना रोजगार छन् ।

    क्याम्पसले पाठ्यक्रम परिमार्जन गरेर चार वर्षे बीएस्सीमा हरेक वर्ष दुई वटा विषय र व्यवस्थापनसम्बन्धी एउटा विषय ‘नन क्रेडिट’ मा राखेर पढाउने तयारी गरेको थियो । तर विद्यार्थी नै आएनन् ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनाल सरकारले बीटीटीएम पढ्ने चिया प्राविधिकलाई कृषि प्राविधिक नमान्ने बताउँछन् । त्यसैले चिया प्रविधिमा स्नातक गरेकाहरुले पनि नायब सुब्बा सरहको पदमा सीमित हुनुपरेको उनको भनाइ छ
    क्याम्पसमा तीन ब्याच पढाएका शिक्षक तथा चिया उद्योगी मनोज ढकाल चार पाँच जनामात्र भएपछि कलेजले भर्ना नलिएको बताउँछन् । क्याम्पसले केही वर्ष मात्रै संख्या नहेरेर पढाइलाई निरन्तरता दिएको भए विद्यार्थी बढ्ने उनको दाबी छ ।

    ढकाल भन्छन्, ‘केही वर्ष पढाएको भए विद्यार्थी बढ्दै जान्थे किनभने पढेपछि बेरोजगार हुने अवस्था छैन । पढेर जागिर पाउने भएपछि विद्यार्थी पढिहाल्छन् नि ।’

    अहिले अधिकांश उद्योगमा कार्यरत चिया प्राविधिकहरु पढेर भन्दा पनि अनुभवले बनेका प्राविधिक रहेको उनको जिकिर छ । नेपालमा सीमित चिया उद्योग त्यसमा पनि साना र मध्यम उद्योग बढी र भएकाले धेरै जनशक्ति खपत हुन नसक्ने चिया उद्योगी गोपाल कट्टेल बताउँछन् ।

    इलाम सूर्योदय नगरपालिकास्थित कृष्णगोपाल चिया उद्योग सञ्चालक कट्टेलले अर्थोडक्स तथा गि्रन टी उत्पादन गर्दै आएका छन् । ‘नेपालमा साना उद्योग बढी छन् । त्यसमा सञ्चालक आफैं तालिमप्राप्त हुन्छन् मासिक तलब दिएर अर्को प्राविधिक राख्न सक्ने अवस्था पनि हुँदैन, ठूला उद्योगहरु प्राय मारवाडी समुदायका छन् उनीहरुले भारतबाटै ल्याउँछन्’, उनी भन्छन् ।

    उनका अनुसार ठूला चिया उद्योगहरुले भारतको आसाम, दाजिर्लिङ, सिक्किम लगायतका ठाउँबाट जनशक्ति ल्याउने गरेका छन् ।

    हाल नेपालमा कोशी प्रदेशको १३ जिल्ला, बागमती प्रदेशको ९ र गण्डकी प्रदेशको ६ जिल्लामा गरी जम्मा १६१ चिया उद्योग छन् । यी उद्योगबाट सीटीसी (दानादार चिया), अर्थोडक्स (पाते चिया), ग्रीन टी लगायत १५ किसिमका चिया उत्पादन हुन्छन् ।

    सामान्यत प्राविधिक आवश्यक पर्ने अर्थोडक्स, ग्रीन टी लगायत पाते चिया बनाउनको लागि हो । यी उद्योगहरुमा कति जनशक्ति आवश्यक हो, त्यो अनुसारको प्राविधिक छ कि छैन भन्ने अध्ययन अहिलेसम्म नभएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनाल बताउँछन् ।

    नेपालमा अहिले अर्थोडक्स चिया उद्योग ५४ वटा छन् जसमा २२ ठूला उद्योग रहेको र बाँकी साना र मझौला उद्योग रहेका छन् ।

    हिमाल टी इन्डष्ट्रिज प्रालिले सीटीसी, अर्थोडक्स, ग्रीन टी उप्पादन गर्ने गरेको छ । उद्योगमा नेपाली तथा भारतीय चिया प्राविधिकहरु कार्यरत रहेको माकेर्टिङ प्रमुख सरोज काफ्ले बताउँछन् । उद्योगमा पढेर आएका भन्दा काम गर्दागर्दै दक्ष भएका प्राविधिक कार्यरत रहेको बताए । उनी भन्छन्, ‘काम गरेर जान्ने भएकाहरु पनि पहिला दार्जिलिङ, आसाम, सिक्किमका मात्रै हुन्थे तर अहिले नेपालमा पनि धेरै भइसके ।’

    नेपाल सरकारले चिया उद्योग र उत्पादनलाई महत्व नदिएका कारण बीटीटीएम पढ्ने विद्यार्थी घटेको चिया प्राविधिक नवीन कोइराला बताउँछन् । ‘सरकारले नेपालको चिया उद्योग, उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउनुपर्छ । नेपालको चियाको गुणस्तर उच्च छ तर बजारीकरण गर्न नसक्दा उद्योग बढ्न सकेको छैन’, उनले भने ।

    बीटीटीएम र एमटीटीएम पढाउन सके नेपालको लागि आवश्यक दक्ष जनशक्ति पर्याप्त उत्पादन हुने र वैदेशिक रोजगारीमा पनि राम्रो अवसर पाउने कोइराला बताउँछन् ।

    उनी मेची बहुमुखी क्याम्पसको बीटीटीएम पढ्ने पहिलो ब्याचका विद्यार्थी हुन् । उनी पढ्ने बेला पनि नेपालका र भारतका शिक्षकहरुले पढाएको स्मरण गर्दै भन्छन् ‘पढाउन सक्ने नेपाली शिक्षक ज्यादै कम छन् । बाहिरदेखि ल्याउँदा महँगो पर्छ । मास्टर्स पढाउनको लागि त झन् शिक्षक नै छैनन् ।’

    सरकारले शिक्षक व्यवस्थापनमा नै सहुलियत दिएर भएपनि जनशक्ति उत्पादन गर्नुपर्ने र बीटीटीएम पढिसकेकालाई एमटीटीएम पढ्न जाने वातावरण पनि बनाउनुपर्ने कोइरालाको सुझाव छ ।

    सरकारको उदासीनताकै कारण बीटीटीएममा विद्यार्थीको रुची घटेको उनको बुझाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको चिया प्राविधिकको रुपमा कार्यरत कोइराला भन्छन् ,’हामी सुब्बा सरह छौं योभन्दा माथि जाने बाटो सरकारले बनाउनुपर्छ ।’

    जनशक्ति उत्पादन हुन नसक्नुमा त्रिविको कृषि संकाय, नार्क र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्वयंको पनि कमजोरी भएको बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनाल बताउँछन् ।

    उनी भन्छन्, ‘हो यसमा हाम्रो पनि थोर बहुत कमजोरी त छ नै । त्यो भन्दा पनि शिक्षा मन्त्रालय, त्रिवि, नार्क अझ बढी जिम्मेवार हुनुपर्छ ।’

    बीटीटीएम पढेकालाई सरकारले कृषि प्राविधिक मान्दैन राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनाल सरकारले बीटीटीएम पढ्ने चिया प्राविधिकलाई कृषि प्राविधिक नमान्ने बताउँछन् । त्यसैले चिया प्रविधिमा स्नातक गरेकाहरुले पनि नायब सुब्बा सरहको पदमा सीमित हुनुपरेको उनको भनाइ छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा कार्यरत चिया प्राविधिकहरु अधिकृत पदको लागि योग्य मानिंदैनन् । प्रवक्ता डा. खनाल भन्छन् ‘समस्या के भयो भने बीटीटीएमलाई सरकारले कृषि मानेको छैन । जसले गर्दा हाम्रा प्राविधिकहरु अधिकृतको लागि लड्न पाउने अवस्था छैन ।’

    सरकारले बीटीटीएमलाई कृषि नमान्नुको कारण बोर्ड जिम्मेवार हुनुपर्ने एक विद्यार्थी बताउँछन् । उनी भन्छन्, ‘बोर्डको कमजोरीको कारण हाम्रो बाटो बन्द भएको हो ।’ बोर्डमा चियाको लागि चिया नै पढेको जनशक्ति नभएको भन्दै कृषि पढेको भए पनि राख्ने गरिएकाले चिया प्राविधिकले जागिर नपाउने अवस्था बनेको उनको भनाइ छ ।

    बोर्डका प्रवक्ता डा.खनाल भन्छन्, ‘बोर्डले विनियमावली सच्याएर गर्नुपर्थ्यो नसच्याइ पदपूर्ति गरियो, त्यसमा पनि मुद्दा परेको छ ।’ बीटीटीएम पढेका विद्यार्थी सुब्बाको लागि पनि योग्य नहुने भन्दै मुद्दा परेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑