
काठमाडौँ, २३ । शोभा भगवती मार्ग, बनस्थलीस्थित हेल्दी फ्रेन्ड्स क्लबले आज एक विशेष भेलाको आयोजना गर्दै आफ्नो तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न गरेको छ।
उक्त अधिवेशनले श्रीराम पुडासैनीलाई अध्यक्ष पदमा पुनः चयन गर्दै, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा राम श्रेष्ठ (जगत), सचिवमा राजु सिद्दि बज्राचार्य, र सदस्यहरूमा दिपक रत्न तुलाधर, उमेश के.सी., प्रदीप महर्जन, तथा अशोक थापा तेस्रो कार्यकालका लागि पुनः चयन भएका छन्।
त्यसैगरी, कोषाध्यक्षमा टोप बहादुर बानियाँ (अर्जुन) र सदस्यमा तेजेन्द्र बानियाँलाई सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।
कार्यक्रममा वरिष्ठ खेलाडी तथा समाजसेवी अर्जुन के.सी.ले अनुशासित समाज निर्माणमा खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै क्लबले अनुशासित खेलाडी उत्पादनमा पुर्याएको योगदानको प्रशंसा गरे।
नव निर्वाचित अध्यक्ष श्रीराम पुडासैनीले आफ्नो टिमलाई तेस्रो कार्यकालका लागि विश्वास गरेर समर्थन गर्ने सबै आजीवन सदस्यप्रति आभार प्रकट गर्दै क्लबले आगामी दिनमा स्थानीय समाज, वडा, र अन्य संघसंस्थासँग सहकार्य गर्दै लोकतान्त्रिक र पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा समाजसेवी तथा राष्ट्रिय हज समितिका संयोजक इर्सा मुल्ला मियाले क्लबको समावेशी भूमिका बारे बोलेका थिए भने निर्वाचन समितिका अध्यक्ष शशि पन्तले क्लबले तीन वर्षको अवधिमा कभर्ड हल निर्माण गरी हिलो धुलोमा खेल्नुपर्ने अवस्थाको अन्त्य गरेकोमा खुसी व्यक्त गरे।
कार्यक्रमको पहिलो सत्रमा सचिव राजु सिद्दि बज्राचार्यले सचिवीय प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन रविन्द्र कुमार शाहीले पेश गरेका थिए। कार्यक्रममा उपाध्यक्ष राम श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने उद्घोषण दीपेन्द्र काफ्लेले गरेका थिए।


