• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      ३७ मिनेट अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      ४९ मिनेट अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      ५५ मिनेट अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ घण्टा अघि

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      १७ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      १ दिन अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      १ दिन अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      १ दिन अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      १ दिन अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      १ दिन अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      १ दिन अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      १ दिन अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि
    आज: २०८३ आश्विन १२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आईटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा, क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य

  • लाईभ नेपाल
  • २०८२ बैशाख ३, बुधबार (१ साल अघि)
  • १२७११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, ३ वैशाख । एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ । आइतबार (३१ चैत) मा भएको यस सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । उक्त मितिमा सम्पन्न हस्ताक्षर समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग-शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ । दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा. राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नुहुनेछ ।

    यस सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ । दुई पक्षीय समझदारी अनुसार पारस्परिक विश्वास, पारदर्शिता र आत्मनिर्भर सहकार्यको सिद्धान्तमा आधारित रहेर काम गरिनेछ । यसैबीच मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म (२५ प्रतिशत देखि १०० प्रतिशत सम्म) शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

    पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४.० जीपीए स्केलमा २.७५ (वा अन्तर्राष्ट्रिय समकक्षता) हासिल गरेको हुनुपर्नेछ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले यी कार्यक्रमहरूमा भर्ना हुने विद्यार्थीलाई सिट उपलब्धता अनुसार छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।

    आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म रहेको छ भने छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । आवेदन अनलाइन scholarship.can.org.np मा उपलब्ध फाराम भरि दिन सकिन्छ । क्यान महासंघले आफ्ना सदस्यहरूमाझ प्रचारप्रसार गरी इच्छुक अधिकतम व्यक्तिहरूले यी शैक्षिक कार्यक्रममा भर्ना आवेदन दिन आह्वान गर्ने बताइएको छ ।

    सम्झौतापछि क्यान महासंघकी अध्यक्ष घिमिरे पाण्डेले नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा यो साझेदारी ऐतिहासिक हुने बताए । “नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अब आवश्यक कदम नै प्रविधि क्षेत्रमा आधारित शैक्षिक तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नु हो । यही सोचअनुसार हामीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्ने निर्णय गरेका हौं । यो साझेदारी नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएकी छु,” उनले भने ।

    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले यो सहकार्यले विश्वविद्यालयका डिजिटल प्रविधि सम्बन्धी कार्यक्रमहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “हामीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिसँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकता दिँदै आएका छौं । अब निजी क्षेत्रको सहभागितासँगै ती कार्यक्रमहरू थप सशक्त र व्यावसायिक बन्नेछन् । क्यान महासंघसँगको सहकार्यले विद्यार्थीहरूलाई समय सान्दर्भिक ज्ञान र सीप दिनुका साथै अनुसन्धान तथा नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्नेछ भन्ने विश्वास लिएको छु ।”

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

    पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

    महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

    Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    समाचार

    ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

    पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

    महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

    Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑