• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      १३ मिनेट अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      ३ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      ३ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      ३ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      ३ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      ३ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      ६ घण्टा अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ६ घण्टा अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      ६ घण्टा अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ६ घण्टा अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ७ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  मुख्य समाचार

    अब जुम्लामै मिर्गौला डायलाइसिस सेवा

  • लाईभ नेपाल
  • २०८० भाद्र १५, शुक्रबार (३ साल अघि)
  • २५२४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • वीरेन्द्रनगर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक मिर्गौला डायलाइसिस सेवाको सुरुवात गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर उक्त सेवाको शुभारम्भ गरे।

    प्रतिष्ठानमा मर्गौला डायलाइसिस सेवाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीको गौरव भएको बताए। उनले कर्णालीका विकट बस्तीका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन र कर्णालीमै विशेषज्ञ उत्पादन गर्न यो प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए।

    प्रतिष्ठानको डायलासिस सेवा र स्किल ल्याब हस्तान्तरण गर्ने कार्यक्रममा जुम्ला पुगेका प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले खेलेको योगदानको विश्वले चर्चा गरिरहेको बताए।

    पछिल्लो समय धेरैजसो गाउँका मान्छेहरू सहर केन्द्रित भइरहेका छन् भने सहरका मान्छेहरू जुम्ला आउने वातावरण बन्नु नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गर्भ गर्नुपर्ने काम हो। मन्त्री बस्नेतले भने, ‘कर्णालीका लागि यो ठूलो प्रगति हो। कर्णालीमा जन्मनु नै गौरव गर्ने बेला आएको छ।’

    उनले प्रतिष्ठानले कर्णालीमा आधारभूत मात्रै नभई विशिष्ट खालको स्वास्थ्य सेवा दिइरहेको र यसैको बलमा स्वास्थ्य सेवा र शिक्षा दुवै क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशमा आफ्नो स्पेस निर्माण गर्न सफल भएको बताए। उनले भने, ‘सुर्खेतमा बसेर कर्णाली हेर्न सकिदैँन। प्रकृति, जल, जमिन र जंगलले साथ दिएको भूगोल हो कर्णाली। कर्णालीको पहिचान हो प्रतिष्ठान। अब प्रतिष्ठानलाई बजेटको कुनै अभाव हुनेछैन। डायलासिस गर्ने काम सुरु भएको छ। थप डायलासिस मेसिन, ब्लड बैंक र अल्ट्रासाउन्ड मेसिन आवश्यक परेको खण्डमा माग मात्रै गर्नुस्। हामी पठाउनेछौं।’

    उनले देशको स्वास्थ्य क्षेत्रमा धेरै विकृति भए पनि त्यसलाई क्रमशः सुधार्दै जाने बताए। उनले भने, ‘हाम्रो देशमा फार्मासिष्टहरू भन्दा धेरै फार्मेसी खोलिएको छ। यो ठूलो विकृति हो। सरकारी अस्पतालहरूमै ठूलो विकृति छ। सुधार त्यहीँबाट हुनुपर्छ। सहरी अस्पतालमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मीहरू काजमा छन्। एक जनाको काज फिर्ता मात्रै गर्न खोज्यो भने चार वटा पार्टीका अध्यक्षको फोन आउँछ र पनि हामी पछि हट्ने छैनौं।’ मन्त्री बस्नेतले देशमा पैसा नभएर उपचार नपाएको कुरा कसैले थाहा मात्रै पाए पनि आफूलाई खबर गर्नु र उपचारको जिम्मा आफूले लिने बताए।

    ८ सय १९ जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा १४ वटा घर भाडामा लिएर चलाइरहेको हुनाले समस्याका चाङ लागेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए।

    कर्णालीको स्वास्थ्यमा काँचुली

    कुनै बेला कर्णालीका अधिकांश जिल्ला र अञ्चल अस्तपतालमासमेत अहेब र कार्यालय सहयोगीलाई डाक्टर भनिथ्यो। अहेवकै नेतृत्वमा ती संस्थाहरू सञ्चालन हुन्थ्ये। उनीहरूबाटै हरेक बिरामीहरूले सेवा पाउथे। विशेषज्ञ सेवा त कर्णालीका नागरिकहरूले पाउने कुरा सम्भव थिएन। कर्णालीबाट विशेषज्ञ सेवा लिन मुलुकका विकसित सहरहरूमा जानै मुस्किल थियो। तर अहिले कर्णालीको स्वास्थ्य सेवामा निकै परिवर्तन आएको छ। कर्णालीको स्वास्थ्य सेवामा उल्लेख सुधार भएको छ।

    अहिले कर्णालीका हरेक जिल्लाहरूमा एमजीडीपी डाक्टर सहितको स्वास्थ्य सेवा दिने बिशेषज्ञहरू कार्यरत छन्। अझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएर सञ्चालनमा आएपछि त झन दुर्गमका नागरिकहरूले आँगनमै विशेषज्ञ सेवा पाउन थालेका छन्। डाक्टर नै आउन नमान्ने साविकको कर्णालीका दुर्गम जिल्लाहरू कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा लगायतका जिल्लाहरूमा अहिले विशेषज्ञ टाक्टरहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएर सेवा दिइरहेका छन्।

    पछिल्लो समय साविकको कर्णालीका पाँच जिल्ला र आसपासका जिल्लाहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा दिँदै आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका विकट जिल्लाहरूमा रहेका सबै अस्पतालहरूमा विशेषज्ञ डाक्टरसहित अन्य उपकरणहरूमा पनि सहयोग गरिरहेको बताए।

    उनका अनुसार जुम्लामा प्रतिष्ठानबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रबाह भइरहेको छ। कालिकोट जिल्ला अस्पतालमा महिनाको दुई दिन विशेषज्ञ सेवा नियमित, रास्कोट र तिलागुफा नगर अस्पतालमा डाक्टर खटाइरहेको, दैलेखको राकम अस्पतालमा एक जना डाक्टर खटाइएको, एक सय बेडको अस्पताल निर्माणको काम अगाडि बढिरहेको, मुगु अस्पतालमा एक जना एमजीडीपी, हुम्ला अस्पतालमा एक जना एमजीडीपी खटाएर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ। सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुराको कोल्टी अस्पतालमा समेत एक जना स्त्रीरोग विशेषज्ञ र एक जना नर्स खटाई सेवा दिइरहेको छ।

    यसरी डाक्टर नआउने अस्पतालहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टरहरू खटाई नागरिकले पहुँचमा विशेषज्ञ स्वास्थ्य सेवा पुगाउन प्रतिष्ठानले ठुलो योगदान दिएको छ। जुम्ला आसपासका जिल्लाहरूबाट त गम्भीर बिरामीहरू रिफर भएर आउने र यहाँबाटै विशेषज्ञ चिकित्सकहरूमार्फत् उपचार पाउँदा नागरिकका स्वास्थ्य समस्याहरू हल हुन थालेका छन्।

    प्रतिष्ठान उपकुलपति डाक्टर रावलले भने, ‘कोरोनाको महामारीका बेला कर्णालीका अधिकांश जिल्लाहरूमा ६० जना डाक्टर परिचालन गरेर सेवा दियौँ। अन्य महामारी तथा यहाँका गम्भीर प्रकारका बिरामीहरूको उपचार गर्ने नजीकको ठूलो अस्पताल प्रतिष्ठान बनेको छ।’ सुर्खेत, नेपालगञ्ज र संघीय राजधानीका ठूला अस्पतालले दिने विशेषज्ञ सेवाहरू जुम्लामै पाउने भएपछि यहाँका नागरिकलाई ठूलो राहत भएको छ।

    बर्सेनि सेवाग्राही बढ्दै 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्सेनि सेवाग्राहीको संस्था बढ्दै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले हरेक वर्ष प्रतिष्ठानमा सामान्यदेखि गम्भीर प्रकारका अप्रेशन हुने बिरामीहरूको संख्या बढ्दै गएको बताए। उनका अनुसार २०७१ सालबाट सेवा सुरुवात भएको प्रतिष्ठानमा २०७१ सालदेखि चालू आर्थिक वर्षको पुससम्म बहिरंग सेवामा ३ लाख ८० हजार ६ सय ५३ जनाले सेवा लिएका छन्।

    यस्तै जम्मा ३२ हजार ७ सय ४० जना बिरामी अन्तरंग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन्। जम्मा ४८ हजार ३ सय बिरामीहरूले आकस्मिक सेवा दिएका छन्। जम्मा ७ हजार १ सय १९ जना गर्भवती महिलाहरूले प्रसुति सेवा लिएका छन्। जम्मा ४ हजार ३ सय ८५ वटा मेजर अप्रेशन भएका छन्। तुलनात्मक रुपमा सुरुवातका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीहरूले सेवा लिने गरे पनि अहिले जुम्ला, मुगु, कालिकोट, बाजुरा लगायतका आसपासका जिल्लाहरूबाट बिरामीहरू यहाँ उपचार सेवा लिँदै आएका छन्।

    डाक्टर उत्पादन गर्दै कर्णाली 

    डाक्टरबाट सेवाबाट बन्चित भएको कर्णालीमा अहिले डाक्टर उत्पादन हुन थालेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत दुई वर्ष अगाडिदेखि विशेषज्ञ डाक्टरहरू पढाउन थालेको छ। जसले कर्णालीमा चौतर्फी खुसियाली छाएको छ। चिकित्सा शिक्षा आयोगले जुम्लामा एमडी, एमबीबीएस लगायतका विभिन्न कार्यक्रमका स्वीकृति दिएर पढाइ सुरुवात भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप गति लिएको छ। डाक्टर बन्ने कर्णालीका विद्यार्थीहरूको सपना कर्णालीमै पुरा हुने भएको छ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीका अनुसार प्रतिष्ठानले एमडीएमएस कार्यक्रम तीन वर्षे कोर्स अन्तर्गत दुईवटा शैक्षिक सत्रमा १० जनालाई विभिन्न विशेषज्ञ क्षेत्रबाट एमडी पढाइरहेको छ। जसमा पहिलो ब्याजमा ५ जना र दोस्रो ब्याजमा ५ जना पढिराखेका छन्।

    यस्तै ५० जनालाई एमबीबीएस डाक्टर पढाइरहेको छ। यो ५ वर्षे कोर्समा पहिलो ब्याजमा २० जना र दोस्रो ब्याजमा ३० जना विद्यार्थीले एमबीबीएस पढिरहेका छन्। आगामी ब्याजका लागि प्रतिष्ठानले ५० जनालाई एमबीबीएस पढाउनका लागि चिकित्सा शिक्षा आयोगमा माग पठाउने तयारी गरेकोे छ। त्यसका लागि व्यवस्थापकीय कामहरू गरिसकेको छ।

    प्रतिष्ठानले बीएमएस तीन वर्षे कोर्स चौथो ब्याजमा छ। पहिलो ब्याजमा १० कोटामा ६ जना भर्ना भएको र ६ जना नै पास भएर गइसकेका छन्। दोस्रोमा ९ जना, तेस्रोमा ७ जना, चौथोमा ८ जना भर्ना भई पढिरहेका छन्।

    यस्तै पाँच वर्षे कोर्ष बीफार्ममा पहिलो ब्याजमा  २० कोटामा ११ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १७ जना भर्ना भएर पढिरहेका छन्। यस्तै तीन वर्षे बीएनएसमा पहिलो ब्याजमा २० कोटामा १६ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १७ जना भर्ना भएर पढिरहेका छन्।

    चार वर्षे बीपीएचमा २० सिटमा पहिलो ब्याजमा ८ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १८ जना भर्ना भएर पढिरहेका छन्। प्रशासन प्रमुख डाँगीले भने, ‘यहाँ सरकारले ७५ प्रतिशत छात्रवृत्ति दिएका कोटाहरूमा पूरा विद्यार्थी भर्ना भएका छन्। पूरा फि तिरेर भर्ना हुने कोटामा विद्यार्थी कम आउने गरेका छन्।’

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी

    विश्व स्तनपान सप्ताह, ६ महिनासम्म पूर्ण स्तनपान अपरिहार्य : डा. रमिता श्रेष्ठ

    नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    समाचार

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑