• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

      १२ घण्टा अघि

      एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

      २0 घण्टा अघि

      एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

      २0 घण्टा अघि

      सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

      १ दिन अघि

      साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

      १ दिन अघि

      भ्रष्टाचारको अडियो प्रकरणमा मन्त्री अधिकारीको प्रतिवाद: ‘स्वार्थ नमानेपछि षड्यन्त्र भयो’

      १ दिन अघि

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल

      १ दिन अघि

      आजदेखि धरहरा १२ घण्टा खुला

      १ दिन अघि

      टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

      १ दिन अघि

      पुटिनप्रति ट्रम्पको गहिरो निराशा: “अहिलेसम्म निराश छु, तर सम्बन्ध अन्त्य भएको छैन”

      १ दिन अघि

      “गरिबमाथि संकटकालीन लुट स्वीकार्य छैन” — स्वास्थ्यमन्त्री पौडेलको डेंगु परीक्षणमा शुल्क नियन्त्रणको चेतावनी

      १ दिन अघि

      खानेपानी संकटसँग जुध्न वारुणयन्त्रको सहारा: मधेश सरकारको राहत अभियान वीरगञ्जमा सक्रिय

      १ दिन अघि

      नेपाल लाइफद्वारा रु १०,००,००,००,००० प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

      १ दिन अघि

      आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा अब, खल्ती बाइ आइएमई : ‘Khalti by IME’

      १ दिन अघि

      धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

      १ दिन अघि
    आज: २०८२ श्रावण २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  मुख्य समाचार

    अब जुम्लामै मिर्गौला डायलाइसिस सेवा

  • लाईभ नेपाल
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • ९५८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • वीरेन्द्रनगर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक मिर्गौला डायलाइसिस सेवाको सुरुवात गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर उक्त सेवाको शुभारम्भ गरे।

    प्रतिष्ठानमा मर्गौला डायलाइसिस सेवाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीको गौरव भएको बताए। उनले कर्णालीका विकट बस्तीका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन र कर्णालीमै विशेषज्ञ उत्पादन गर्न यो प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए।

    प्रतिष्ठानको डायलासिस सेवा र स्किल ल्याब हस्तान्तरण गर्ने कार्यक्रममा जुम्ला पुगेका प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले खेलेको योगदानको विश्वले चर्चा गरिरहेको बताए।

    पछिल्लो समय धेरैजसो गाउँका मान्छेहरू सहर केन्द्रित भइरहेका छन् भने सहरका मान्छेहरू जुम्ला आउने वातावरण बन्नु नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गर्भ गर्नुपर्ने काम हो। मन्त्री बस्नेतले भने, ‘कर्णालीका लागि यो ठूलो प्रगति हो। कर्णालीमा जन्मनु नै गौरव गर्ने बेला आएको छ।’

    उनले प्रतिष्ठानले कर्णालीमा आधारभूत मात्रै नभई विशिष्ट खालको स्वास्थ्य सेवा दिइरहेको र यसैको बलमा स्वास्थ्य सेवा र शिक्षा दुवै क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशमा आफ्नो स्पेस निर्माण गर्न सफल भएको बताए। उनले भने, ‘सुर्खेतमा बसेर कर्णाली हेर्न सकिदैँन। प्रकृति, जल, जमिन र जंगलले साथ दिएको भूगोल हो कर्णाली। कर्णालीको पहिचान हो प्रतिष्ठान। अब प्रतिष्ठानलाई बजेटको कुनै अभाव हुनेछैन। डायलासिस गर्ने काम सुरु भएको छ। थप डायलासिस मेसिन, ब्लड बैंक र अल्ट्रासाउन्ड मेसिन आवश्यक परेको खण्डमा माग मात्रै गर्नुस्। हामी पठाउनेछौं।’

    उनले देशको स्वास्थ्य क्षेत्रमा धेरै विकृति भए पनि त्यसलाई क्रमशः सुधार्दै जाने बताए। उनले भने, ‘हाम्रो देशमा फार्मासिष्टहरू भन्दा धेरै फार्मेसी खोलिएको छ। यो ठूलो विकृति हो। सरकारी अस्पतालहरूमै ठूलो विकृति छ। सुधार त्यहीँबाट हुनुपर्छ। सहरी अस्पतालमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मीहरू काजमा छन्। एक जनाको काज फिर्ता मात्रै गर्न खोज्यो भने चार वटा पार्टीका अध्यक्षको फोन आउँछ र पनि हामी पछि हट्ने छैनौं।’ मन्त्री बस्नेतले देशमा पैसा नभएर उपचार नपाएको कुरा कसैले थाहा मात्रै पाए पनि आफूलाई खबर गर्नु र उपचारको जिम्मा आफूले लिने बताए।

    ८ सय १९ जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा १४ वटा घर भाडामा लिएर चलाइरहेको हुनाले समस्याका चाङ लागेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए।

    कर्णालीको स्वास्थ्यमा काँचुली

    कुनै बेला कर्णालीका अधिकांश जिल्ला र अञ्चल अस्तपतालमासमेत अहेब र कार्यालय सहयोगीलाई डाक्टर भनिथ्यो। अहेवकै नेतृत्वमा ती संस्थाहरू सञ्चालन हुन्थ्ये। उनीहरूबाटै हरेक बिरामीहरूले सेवा पाउथे। विशेषज्ञ सेवा त कर्णालीका नागरिकहरूले पाउने कुरा सम्भव थिएन। कर्णालीबाट विशेषज्ञ सेवा लिन मुलुकका विकसित सहरहरूमा जानै मुस्किल थियो। तर अहिले कर्णालीको स्वास्थ्य सेवामा निकै परिवर्तन आएको छ। कर्णालीको स्वास्थ्य सेवामा उल्लेख सुधार भएको छ।

    अहिले कर्णालीका हरेक जिल्लाहरूमा एमजीडीपी डाक्टर सहितको स्वास्थ्य सेवा दिने बिशेषज्ञहरू कार्यरत छन्। अझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएर सञ्चालनमा आएपछि त झन दुर्गमका नागरिकहरूले आँगनमै विशेषज्ञ सेवा पाउन थालेका छन्। डाक्टर नै आउन नमान्ने साविकको कर्णालीका दुर्गम जिल्लाहरू कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा लगायतका जिल्लाहरूमा अहिले विशेषज्ञ टाक्टरहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएर सेवा दिइरहेका छन्।

    पछिल्लो समय साविकको कर्णालीका पाँच जिल्ला र आसपासका जिल्लाहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा दिँदै आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका विकट जिल्लाहरूमा रहेका सबै अस्पतालहरूमा विशेषज्ञ डाक्टरसहित अन्य उपकरणहरूमा पनि सहयोग गरिरहेको बताए।

    उनका अनुसार जुम्लामा प्रतिष्ठानबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रबाह भइरहेको छ। कालिकोट जिल्ला अस्पतालमा महिनाको दुई दिन विशेषज्ञ सेवा नियमित, रास्कोट र तिलागुफा नगर अस्पतालमा डाक्टर खटाइरहेको, दैलेखको राकम अस्पतालमा एक जना डाक्टर खटाइएको, एक सय बेडको अस्पताल निर्माणको काम अगाडि बढिरहेको, मुगु अस्पतालमा एक जना एमजीडीपी, हुम्ला अस्पतालमा एक जना एमजीडीपी खटाएर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ। सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुराको कोल्टी अस्पतालमा समेत एक जना स्त्रीरोग विशेषज्ञ र एक जना नर्स खटाई सेवा दिइरहेको छ।

    यसरी डाक्टर नआउने अस्पतालहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टरहरू खटाई नागरिकले पहुँचमा विशेषज्ञ स्वास्थ्य सेवा पुगाउन प्रतिष्ठानले ठुलो योगदान दिएको छ। जुम्ला आसपासका जिल्लाहरूबाट त गम्भीर बिरामीहरू रिफर भएर आउने र यहाँबाटै विशेषज्ञ चिकित्सकहरूमार्फत् उपचार पाउँदा नागरिकका स्वास्थ्य समस्याहरू हल हुन थालेका छन्।

    प्रतिष्ठान उपकुलपति डाक्टर रावलले भने, ‘कोरोनाको महामारीका बेला कर्णालीका अधिकांश जिल्लाहरूमा ६० जना डाक्टर परिचालन गरेर सेवा दियौँ। अन्य महामारी तथा यहाँका गम्भीर प्रकारका बिरामीहरूको उपचार गर्ने नजीकको ठूलो अस्पताल प्रतिष्ठान बनेको छ।’ सुर्खेत, नेपालगञ्ज र संघीय राजधानीका ठूला अस्पतालले दिने विशेषज्ञ सेवाहरू जुम्लामै पाउने भएपछि यहाँका नागरिकलाई ठूलो राहत भएको छ।

    बर्सेनि सेवाग्राही बढ्दै 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्सेनि सेवाग्राहीको संस्था बढ्दै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले हरेक वर्ष प्रतिष्ठानमा सामान्यदेखि गम्भीर प्रकारका अप्रेशन हुने बिरामीहरूको संख्या बढ्दै गएको बताए। उनका अनुसार २०७१ सालबाट सेवा सुरुवात भएको प्रतिष्ठानमा २०७१ सालदेखि चालू आर्थिक वर्षको पुससम्म बहिरंग सेवामा ३ लाख ८० हजार ६ सय ५३ जनाले सेवा लिएका छन्।

    यस्तै जम्मा ३२ हजार ७ सय ४० जना बिरामी अन्तरंग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन्। जम्मा ४८ हजार ३ सय बिरामीहरूले आकस्मिक सेवा दिएका छन्। जम्मा ७ हजार १ सय १९ जना गर्भवती महिलाहरूले प्रसुति सेवा लिएका छन्। जम्मा ४ हजार ३ सय ८५ वटा मेजर अप्रेशन भएका छन्। तुलनात्मक रुपमा सुरुवातका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीहरूले सेवा लिने गरे पनि अहिले जुम्ला, मुगु, कालिकोट, बाजुरा लगायतका आसपासका जिल्लाहरूबाट बिरामीहरू यहाँ उपचार सेवा लिँदै आएका छन्।

    डाक्टर उत्पादन गर्दै कर्णाली 

    डाक्टरबाट सेवाबाट बन्चित भएको कर्णालीमा अहिले डाक्टर उत्पादन हुन थालेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत दुई वर्ष अगाडिदेखि विशेषज्ञ डाक्टरहरू पढाउन थालेको छ। जसले कर्णालीमा चौतर्फी खुसियाली छाएको छ। चिकित्सा शिक्षा आयोगले जुम्लामा एमडी, एमबीबीएस लगायतका विभिन्न कार्यक्रमका स्वीकृति दिएर पढाइ सुरुवात भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप गति लिएको छ। डाक्टर बन्ने कर्णालीका विद्यार्थीहरूको सपना कर्णालीमै पुरा हुने भएको छ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीका अनुसार प्रतिष्ठानले एमडीएमएस कार्यक्रम तीन वर्षे कोर्स अन्तर्गत दुईवटा शैक्षिक सत्रमा १० जनालाई विभिन्न विशेषज्ञ क्षेत्रबाट एमडी पढाइरहेको छ। जसमा पहिलो ब्याजमा ५ जना र दोस्रो ब्याजमा ५ जना पढिराखेका छन्।

    यस्तै ५० जनालाई एमबीबीएस डाक्टर पढाइरहेको छ। यो ५ वर्षे कोर्समा पहिलो ब्याजमा २० जना र दोस्रो ब्याजमा ३० जना विद्यार्थीले एमबीबीएस पढिरहेका छन्। आगामी ब्याजका लागि प्रतिष्ठानले ५० जनालाई एमबीबीएस पढाउनका लागि चिकित्सा शिक्षा आयोगमा माग पठाउने तयारी गरेकोे छ। त्यसका लागि व्यवस्थापकीय कामहरू गरिसकेको छ।

    प्रतिष्ठानले बीएमएस तीन वर्षे कोर्स चौथो ब्याजमा छ। पहिलो ब्याजमा १० कोटामा ६ जना भर्ना भएको र ६ जना नै पास भएर गइसकेका छन्। दोस्रोमा ९ जना, तेस्रोमा ७ जना, चौथोमा ८ जना भर्ना भई पढिरहेका छन्।

    यस्तै पाँच वर्षे कोर्ष बीफार्ममा पहिलो ब्याजमा  २० कोटामा ११ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १७ जना भर्ना भएर पढिरहेका छन्। यस्तै तीन वर्षे बीएनएसमा पहिलो ब्याजमा २० कोटामा १६ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १७ जना भर्ना भएर पढिरहेका छन्।

    चार वर्षे बीपीएचमा २० सिटमा पहिलो ब्याजमा ८ जना भर्ना भएर पढिरहेको र दोस्रोमा १८ जना भर्ना भएर पढिरहेका छन्। प्रशासन प्रमुख डाँगीले भने, ‘यहाँ सरकारले ७५ प्रतिशत छात्रवृत्ति दिएका कोटाहरूमा पूरा विद्यार्थी भर्ना भएका छन्। पूरा फि तिरेर भर्ना हुने कोटामा विद्यार्थी कम आउने गरेका छन्।’

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी

    झुक्किएर पनि भिन्डीसँग यी खानेकुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    ॐ समाज डेन्टलद्वारा बिद्या अर्जन विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न: ८७% विद्यार्थीका दाँतमा कीरा

    यस्तो छ आइतवारको सागसब्जी र फलफूलको मूल्य

    ७ दिनमा ३० जनामा देखियाे कोरोना संक्रमण

    आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

    समाचार

    एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

    एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

    सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

    साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑