मंसिर २१, काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभावले गर्दा काठमाडौंमा बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेन्डिग्रेड रहेको थियो।आज अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् गंगा नगरकोटीले बताए।
देशका विभिन्न भागमा हुस्सु कुहिरो लागेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र केही स्थानमा बाक्लो हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सबैभन्दा कम तापक्रम जाजरकोटको -२.७ डिग्री सेन्डिग्रेड रहेको छ भने बढी जनकपुरको २९.६ डिग्री सेन्डिग्रेड रहेको छ। बिहान बाक्लो हुस्सु लागे पनि मध्यान्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने र दैनिक जनजीवनसमेत प्रभावित बनाउने विभागले जनाएको छ।