• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ५ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ५ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ५ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ५ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ५ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ५ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ५ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ५ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ५ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ५ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि

      सुनचाँदीको मूल्य घट्यो

      १ हफ्ता अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १ हफ्ता अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कृषि

    ब्राण्ड बन्यो जुम्ली स्याउ

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १, शनिबार (५ दिन अघि)
  • १२१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ ।  कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ।

    आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत बजार व्यवस्थापन हुन थालेपछि जुम्ली स्याउको उत्पादन र गुणस्तरमा सुधार आएको छ।

     

    कर्णाली राजमार्गले सुर्खेत र जुम्लालाई जोडेपछि जुम्लाको स्याउले बजारसम्म पहुँच पाएको हो। पछिल्ला वर्षमा देशका विभिन्न सहरमा जुम्ली स्याउको माग बढ्दै गएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत सञ्चालित कृषि–खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजना (रेरास) को आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सहकारीको सक्रियताले स्याउ खेतीलाई व्यावसायिक बनाउन सहयोग गरेको छ।

    पहिले किसानले स्याउ टिप्दा हाँगा तानेर भाँच्ने गर्दा अर्को वर्ष फल लाग्ने कोपिलामा समेत क्षति पुग्ने गरेको थियो। अहिले रेरासको सहयोगमा सञ्चालित कृषक पाठशालाबाट बगैँचा व्यवस्थापनको तालिम पाएपछि किसानले हाँगा र कोपिला सुरक्षित राख्दै उपकरणको प्रयोगबाट सावधानीपूर्वक स्याउ टिप्न थालेका छन्।

     

    पातारासी गाउँपालिका–४ की किसान चन्नरूपा बुढाले यस वर्ष आफ्नो बगैँचाबाट १२ क्विन्टल स्याउ बजारमा बिक्री गरेकी छन्। अघिल्लो वर्ष पाँच क्विन्टल स्याउ उत्पादन गरेकी उनले यस वर्ष उत्पादन बढेसँगै आम्दानीसमेत बढेको बताइन्।

    ‘पहिले कहिले एक क्विन्टल त कहिले एक डोको स्याउ फल्थ्यो। पोहोर पाँच क्विन्टल फल्यो। एक क्विन्टल राखेर अरू बेच्यौँ। यो वर्ष १२ क्विन्टल बेच्यौँ र दुई क्विन्टल आफैँले खान राख्यौँ,’ उनले भनिन्।

    सिँचाइको अभावमा रोगकिराको प्रकोप र साना दानाको समस्या झेल्दै आएका तातोपानी गाउँपालिका–४ धौलापानीका किसानले पनि आधुनिक प्रविधिको प्रयोगपछि उत्पादन बढाएका छन्। विद्युतमा आधारित लिफ्ट सिँचाइ र पानीसँगै जैविक मल प्रयोग गर्ने फर्टिगेसन प्रविधि अपनाएपछि स्याउ बगैँचामा नियमित सिँचाइ सम्भव भएको छ।

    ६२ परिवारले सामूहिक रूपमा सञ्चालन गरेको उक्त बगैँचामा स्याउ उत्पादन गत वर्षको ३० टनबाट बढेर यस वर्ष ५५ टन पुगेको छ। सिँचाइ र बगैँचा व्यवस्थापनमा सुधार आएपछि स्याउको आकार, रङ र गुणस्तरमा समेत सकारात्मक परिवर्तन आएको किसानको अनुभव छ।

    धौलापानीकी किसान पवित्रा अधिकारी न्यौपानेले कृषक पाठशालाबाट रोगकिराको पहिचान, काँटछाँट, सिँचाइ र उपचार विधिबारे सिकेपछि बगैँचा व्यवस्थापन सहज भएको बताइन्।

    ‘पहिले रोगकिरा लागेको हाँगा छुट्याउन सक्दैनथ्यौँ। रोग र किरा के हो, हाँगा किन सुक्यो भन्ने थाहा हुँदैनथ्यो। अहिले रोगको पहिचान गरेर काँटछाँट, सिँचाइ र व्यवस्थापन गर्न सकेका छौँ,’ उनले भनिन्।

    यसअघि व्यापारीले उचित मूल्य नदिँदा किसानले प्रतिकिलो ४० रुपैयाँसम्ममा स्याउ बेच्नुपर्ने अवस्था थियो। अहिले सहकारीले बजार व्यवस्थापनको जिम्मेवारी लिएपछि किसानले राम्रो मूल्य पाउन थालेका छन्। यस वर्ष चन्दननाथ र पञ्चेश्वर सहकारीले स्याउ किसान समूहसँग खरिद–बिक्री सम्झौता गरी बगैँचाबाटै प्रतिकिलो ८० रुपैयाँमा स्याउ खरिद गरेका छन्।

    यसले किसानलाई बजार खोज्नुपर्ने झन्झट कम गर्नुका साथै बिचौलियामा निर्भरता घटाएको छ। अन्य जिल्लामा उत्पादित स्याउलाई समेत ‘जुम्ली स्याउ’ भनेर बिक्री गर्ने क्रम बढेपछि स्थानीय उत्पादनको पहिचान जोगाउन गाउँपालिकाले ग्रेडिङ र प्याकेजिङमा आधिकारिक लोगो तथा क्युआर कोडसहितको विशेष कार्टुन प्रयोगलाई अनिवार्य गरेको छ।

    तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पछिल्ला दुई वर्षमा स्याउ उत्पादन, बजारीकरण, रोजगारी र आयआर्जनमा उल्लेख्य सुधार आएको बताए। सिँचाइ, मल, घेरबार र बगैँचा व्यवस्थापनमा परियोजनाले सहयोग गरेको उनको भनाइ छ।

    रेरासको सहयोगमा कोसेली घर, बीउबिजन बैंक र १० टन क्षमताको कोल्ड च्याम्बरसमेत स्थापना गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए। यी संरचनाले स्याउको भण्डारण, बजारीकरण र किसानको आयआर्जनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑