मंसिर २३, काठमाडौं । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ। पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएकोले पुलमा फोटो तथा भिडियो कैद गर्नेको भीड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका-१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिए।
उनले भने , तुलनात्मकरूपमा सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको र पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ। त्यसैगरी कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुंगे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् ।
गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती दिने गरेको समस्या थियो भने पछिल्लो समय पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवतजावत बढेसँगै यहाँको व्यापार-व्यवसाय पनि फस्टाउँदै गएको छ