मंसिर २६, काठमाडौं । विशेष अदालतमा दायर भइ विभिन्न मितिमा फैसला भएकामध्ये घुस/रिसवत लिइ भ्रष्टाचार गरेका सम्बन्धी मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी गराए।
अख्तियारले नबुझी नहुने साक्षी र पक्षलाई अदालतले नझिकाएको छ भने घुस/ रिसवत मुद्दाका प्रतिवादी मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादुर शाहीविरुद्ध आरोपदावी मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन नसकेको भन्दै विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ।
तर घुसजस्तो कलंकको आरोप लागेका प्रतिवादीहरूलाई सफाइ दिनेगरी गरेको फैसला न्यायोचित नदेखिएको भन्दै पुनरावेदन गरेको बताएका छन् ।