मंसिर २९, काठमाडौं । काठमाडौंको टुडीखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा काठमाडौं महानगरपालिकाले आफ्नो २९ औं स्थापना दिवस मनाएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो भने त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष आजको दिन विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ ।
उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाजा-गाजासहित सांस्कृतिक र्याली निकालिएको थियो ।