फागुन २०, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका थिए । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी उच्च स्रोतले बताएको छ ।
आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको एक अधिकृतले बताए । स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा फागुन १२ मा उनको शव भेटिएको थियो ।