• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ७, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      २ मिनेट अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १२ मिनेट अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      ६ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      ८ घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      ८ घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      ८ घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      ८ घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      ८ घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      ८ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      ८ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      ९ घण्टा अघि

      मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

      ११ घण्टा अघि

      प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सम्पन्न

      १२ घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      १ दिन अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      १ दिन अघि
    आज: २०८३ मंसिर ७, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

  • लाईभ नेपाल
  • २०८३ मंसिर ७, सोमबार (१२ मिनेट अघि)
  • ६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का एक सय महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ ।
    एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो ।

    महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्रि भएको किट व्याग प्रदान गरिएको हो । सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले महिलाहरुलाई अति आवश्यक स्वास्थ्य सामाग्रि प्रदान गर्नु महत्वपूर्ण रहेको बताए ।

    महिलाहरुको स्वास्थ्यमा योगदान पुर्याउने हेतुले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड सहितको सामाग्रि प्रदान गरि बासले सामुदायिक महिलाहरुका लागि ठूला योगदान पुर्याएको उनले बताए ।

    उनले पालिकाहरुबाट बर्षेनि सेनेटरी प्याड बितरणका नाममा लाखौं रकम खर्च गरेको उल्लेख गर्दै एक पटक लगानी गरेर लामो समय प्रयोग गर्न मिल्ने गुणस्तरिय कपडाको प्याड बितरणका लागि आगामी दिनमा सबै पालिकाहरुसँग छलफल गर्ने बताए ।

    कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले वडा नम्वर ७ का बादी समुदायका महिला र पछाडी पारिएका, परेका बर्गका महिलाहरुको उत्थानका लागि फ्रिडम व्याग प्रदान हुनु अत्यन्तै सकारात्मक रहेको बताए ।
    महिलाहरुको स्वास्थ्यका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी हुने धारणा उनले राखे ।

    कार्यक्रममा वडा सदस्य नुर अहमद, कल्पना नेपाली, बास नेपालका केन्द्रीय सदस्य द्वय बसन्ती रोकाय र बब्लु शेष लगायतको उपस्थिती थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले वडाको बिभिन्न टोलका बादी, मुस्लिम, मधेशी लगायतका किशोरी, महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए ।

    कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए । फ्रिडम किट व्याग प्राप्त गरिसकेपछि प्रतिकृया दिदै सहभागिहरुले खुशी व्यक्त गर्दै महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताए ।

    के हो फ्रिडम किट व्याग भनेको ?
    महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ । यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ । पाटेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ ।

    पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्ष सम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरण मैत्री छ ।

    यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ बर्ष सम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

    जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

    काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

    समाचार

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

    जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑