फागुन २८, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
