चैत १३, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेश मन्त्री वाङ यीबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार विदेश मन्त्री यीसँग भेटघाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबिच विगतमा भएका विभिन्न सम्झौताहरूलाई द्रुत गतिमा कार्यान्वयनका लागि दुई जनाको बिच बिशेस कुराकानी भएको मन्त्रालयले जनाएको छ । दुई देशको सम्बन्धको अवस्थालाई मूल्यांकन गर्दै ती सम्बन्धलाई थप उचाइ पुर्याउन मिलेर काम गर्नेबारे पनि छलफल भएको बताइएको छ ।
नेपाल र चीनबिच भएका विभिन्न सम्झौताको कार्यान्वयनको बारेमा छलफल भएको र बीआरआइदेखि जलविद्युत, ट्रान्समिसन, यातायातको विकास लगायत आयोजनाको बारेमा पनि दुई जनाको बिच कुराकानी भएको स्रोतले बताएको छ ।