चैत २६, काठमाडौं । डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार सैनिक घाइते भएका छन् ।
ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउने क्रममा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक स्रोतले जानकारी दिए ।घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।