बैशाख १०, कन्चन्पुर । चुरे क्षेत्र को ५०० मि सम्म नदिजन्य पदार्थ निकासी गर्न नमिल्ने नियमावली भएतापनी पर्यावरणीय पक्षलाइ नजर अन्दाज गर्दै ब्यबसायी हरुले आर्यघाट क्षेत्र भन्दा माथिबाटै ट्र्याक्टर मा अबैध रुपमा ढुङ्गा उठाएको थाह पाए लगत्तै स्थलगत निरिक्षण तथा खबरदारी का लागि निस्केका राप्रपा गोदावरी अध्यक्ष तथा युवा समाजसेवी दुर्गा कुमार पोखरेल को जम्काभेट हुन्छ मसाने डन हरु सङ्ग।
अवैध हो भन्ने स्विकार्दै ट्र्याक्टर ड्राइभर ढुङ्गा खसाल्न तयार भए।तथापी स्थलगत निरिक्षण बाट नगरपालिका को चरम लापरवाहि भएको अध्यक्ष पोखरेल को दावी छ।उनी भन्छन् सेटिङ्ग हुन सक्छ।यदि हैन भने कानुन बिपरित गर्ने गराउने जो कोहिलाइ पनि कानुनी दायरा मा ल्याउनु पर्छ।
यसका साथै उनले स्थानिय पाटी पौवा,चौतारा,आर्यघाट स्थानिय निकाएकै उत्तरदायित्व क्षेत्र भित्र पर्ने भएकोले स्थानिय निकाय लाई स्टन्टबाजी भन्दा पनि कर्म गर्न सुझाव दिएका छन। स्थानिय चुनाबमा मेयरको उम्मेद्वार रहेका उनी निर्वाचन प्रणाली मा हारेपनी पछिल्लो समय जनताको र विभिन्न जनसरोकारका बिषयमा प्रत्यक्ष जनता सङ्ग सरोकार राखेर काम गर्दै आईरहेका छन।