बैशाख १७, कैलालि । बझाङ प्रदेश सभा क्षेत्र नम्वर १ को (१)मा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६६ मतले पछि पार्दै विजयी भएका हुन्।
भण्डारीले कुल खसेको मतबाट ११६१२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११३४६ मत पाए । यस्तै तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत र चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका दिलवहादुर सिंहले २५१४ पाएका थिए । प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए।