असार २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय भएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।