साउन २१, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा विद्यार्थीहरूको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।उनले आफ्नी बहिनीसहित देश छाडेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
समाचारमा जनाइए अनुसार प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । यसअघि जुलाईदेखि बंगलादेशमा विद्यार्थीहरु आन्दोलनरत छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको कोटा खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।
विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग थिए । हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ ।