• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ८, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      ९ घण्टा अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      ९ घण्टा अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      ९ घण्टा अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ६ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ६ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ६ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ६ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ६ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ६ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ६ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ६ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ६ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ६ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ८, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खानपान

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सय दिनको प्रगति विवरण सार्वजनिक

  • लाईभ नेपाल
  • २०८१ कार्तिक ५, सोमबार (२ साल अघि)
  • २१०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।

    यस अवधिमा मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गर्यो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबहालीको दिन पहिलो निर्णयको रुपमा क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गरेका थिए ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा र भक्तपुर क्यान्सर अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल र मधेश प्रदेशको नारायणी अस्पतालबाट सेवा विस्तार गरी सातै प्रदेशमा क्यान्सर सेवा विस्तार भएको छ ।

    वर्तमान सरकार गठन भएको दिनदेखि आजसम्मको प्रगति विवरण हेर्दा हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचारको सेवा सुरु गरिने निर्णय भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा सातै प्रदेशमा मुटुरोग सेवा विस्तार गर्ने क्रममा मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

    सबै सङ्घीय अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, मानसिक अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, आयुर्वेद चिकित्सालय नरदेवी र सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयको पहलमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वङ्शाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु भएको छ ।

    त्यसैगरी सरकारले उपचार खर्च बेहोर्न नसक्नेको ज्वलनको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत ज्वलनको उपचारको व्यवस्था गरिने जनाएको छ । वीर अस्पतालमा पनि १५ शैयाको सुविधा सम्पन्न ज्वलन उपचार वार्ड सञ्चालनमा ल्याइएको छ ।

    हाल सम्ममा १३ किसिमको औषधि उत्पादन गरी वितरण भएको सिंहदरबार वैद्यखानालाई थप स्तरोन्नति गरी कम्तीमा २० किसिमका आधारभूत आयुर्वेद औषधिको उत्पादन गर्ने सरकारको लक्ष्य छ । साथै थप सातवटा औषधि उत्पादन गर्न कच्चा पदार्थ प्राप्तीका लागि कार्यादेश भएको प्रगति विवरणमा उल्लेख छ ।

    सबै सङ्घीय अस्पताल फार्मेसीमा आवश्यक सबै किसिमका औषधिको उपलब्धता सुनिश्चित गर्ने भनिएको छ । विगतमा औषत ६० प्रतिशत औषधि उपलब्ध हुने गरेकामा हाल ९० प्रतिशत औषधि उपलब्ध भएको र बिरामीको चापलाई कम गर्न विभिन्न अस्पतालमा ६ वटा थप फार्मेसी काउन्टरको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कैलालीको गेटा अस्पतालमा ३५ शय्या क्षमताको अन्तरङ्ग सेवा सुरु भएको भएको छ । क्रमशः उक्त अस्पताललाई पूर्णक्षमतामा सञ्चालन गरिनेछ । साथै सबै सङ्घीय अस्पतालमा बिरामीलाई समयमै उपचार दिन टोकन प्रणाली लागु गरिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीकाअनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ । देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तारसहितको पुनःसंरचनाको प्रारुप तयार पार्न उच्चस्तरीय कार्यदल गठन भइ कार्य भइरहेको प्रवक्ता डा बुढाथोकीले बताए ।

    त्यसैगरी मन्त्रालयको पहलमा अबदेखि महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । निरोगी नेपालः अगामी पुस्ता निरोगी पुस्ता अभियानलाई साकार पार्न, स्वस्थ्य जीवनशैली प्रवरधन, क्यान्सर र नसर्ने रोगको स्क्रिनिङ एवं सडक दुर्घटना न्यूनीकरणजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

    देशभरमा तीन सय सिनेमा हलमा क्यान्सरसम्बन्धि जनचेनतामूलक श्रव्यदृश्य सन्देश प्रसारण गरिएको, तीन सय चार स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको, आठ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको, मुख स्वास्थ्य रणनीतिमा मुख क्यान्सरको स्क्रिनिङ समावेश गरिएको, स्तर क्यान्सरसम्बन्धी १५ भाषामा सामग्री उत्पादन गरी एक सय ८९ पटक रेडियोमा र ७० पटक टेलिभिजनमा प्रसारण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    खानपान सम्बन्धि थप

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    समाचार

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑